दिन दहाडै अर्को हत्या – तीन जनाको अज्ञात समुहले सुनचादी व्यवसायीको गोली हानी हत्या गर्यो

तीन जनाको समुहमा आएका अज्ञात व्यक्तिहरुले सर्लाही कविलासी नपा वडा ३ बस्ने २७ वर्षीय सुनचादी व्यवसायी सुनील शाहलाई गोली हानी हत्‍या गरेका छन। सर्लाहीको पीडारीमा सुनचाँदी पुसल बन्द गरेर घर आउने क्रममा तीन जनाको अज्ञात समूहले उनलाई गोली हानी हत्‍या गरेको हो।

शाहले हरिपुर नपाको पीडारी बजारमा सुन चाँदी पसल चलाउँदै आएका थिए। शाहको गाउँ पिपरियाबाट २ किलोमिटर रहेको छ। मोटरसाइकलमा आइरहेको बेला गाउँको बीचमा अज्ञात समूहले गोली हानेको बुवा नागेन्द्र शाहले बताए ।

उनले भने, ‘ हामी बाबुछोरा पसल बन्द गरेर आउँदै गर्दा गाउँको बीचमा अज्ञात समूहले मोटरसाइकल रोक्‍न लगायो र मसँग भएको गरगहना माग्‍यो। तर मैले दिन नमानेपछि उनीहरुले गोली चलायो।’

मृत शाहको शव पोष्टमार्टमको लागि मलंगवा अस्पतालमा ल्याइएको छ। यसअघि सोमबार दिउँसै राजधानी काठमाडौंको शान्तिनगरमा निर्माण व्‍यावसायी महासंघका अध्‍यक्ष शरद थौचनको गोली हानी हत्‍या गरिएको थियो । अन्नपूर्ण पोष्ट ।




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI