हिरोइनले गरिन सनसनीपूर्ण खुलासा – बाबा राम रहिमले मलाई पनि गुफाभित्र लगेर फकाउदै जबर्जस्ती गरे

मोडल तथा एक्ट्रेस मरीना कुंवर केही हिन्दि फिल्म लगायत साउथ इन्डियन चलचित्र जगतमा आफ्नो पहिचान कायम गरिसकेकी अभिनेत्री हुन् । बलात्कारी बाबा गुरमीत सिंह राम रहीमको गुफाको बारेमा यिनले आज गरेको खुलासा भारतीय संचारमा नया समाचार बनेको छ ।

यी अभिनेत्रीले आफु बाबाको डेरामा पुगेको मात्र बताएकी छैनन् कि यिनले बाबा राम रहीमलाई अर्को एक बेहद संगीन अभियोग पनि लगाएकी छिन । धेरै फिल्म तथा विज्ञापनहरुमा भूमिका निभाइसकेकी हिरोइन मरीना कुंवरको अचानक आएको यो अभियोग संचार माध्यमहरुमा छाउनको लागि गरिएको कर्तुत हो या सत्य थियो भन्ने निर्क्योल भने गर्न बाँकी नै छ ।

यद्यपि यिनका अनुसार बाबा राम रहिमले उनलाई देख्ने बितिकै आफ्नो फिल्ममा हिरोइन बनाउन तयार भएका थिए । यस पछाडी लुकेको बाबा राम रहिमको घिनलाग्दो आशयसँग उनी बेखबर थिईन । उनलाई राम रहिमको कर्तुतको बारेमा तबमात्र थाहा भयो जब उनलाई बाबाले सच्चा सौदा डेराको गुफाभित्र लिएर गए ।


मरीना कुंवरका अनुसार गुफामा यिनको साथ् त्यो भयो जुन कुरा उनले कल्पना पनि गरेकी थिइनन। मरीनाको आरोप छ कि हिरोइन बनाइदिने लोभ देखाएर अय्याशी बाबाले गुफाभित्र लगे र अन्य महिलाहरुलाई गरेजस्तै उनीसंग पनि शुरुमा फकाए र पछि जबर्जस्ती गर्ने कोसिस गरे ।

डेरा सच्चा सौदाका प्रमुख तथा धार्मिक गुरु बाबा गुरमीत सिंह राम रहिम इन्सान बलात्कारको अभियोगमा कैदी जीवन बिताइरहेका छन ।




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI