यस्तो फोन जसले भगाउनेछ लामखुट्टे

दक्षिण कोरियाली कम्पनी एलजीले नयाँ स्मार्टफोन ल्याएको छ जसले लामखुट्टे भगाउँछ। ‘भारत मोबाइल कंग्रेस’ कार्यक्रममा यही साता सार्वजनिक भएको फोन ‘एलजी के७ आइ’ ले लामखुट्टे भगाउने कम्पनीले दावी गरेको छ।

फोनको पछाडिपट्टि जडान गरिएको ‘अल्ट्रासोनिक वेभ्स’ प्रविधिले लामखुट्टे लगायतका कीराकिरी आउन नदिने र यो मान्छेका लागि हानीकारक नभएको कम्पनीले बताएको छ।

लामखुट्टे भगाउने यो एलजीको पहिलो उत्पादन भने होइन। उसले यसअघि नै यस्ता टिभी र एयर कन्डिस्नर बनाइसकेको छ। स्मार्टफोनमा लामखुट्टे भगाउने एपहरु पनि उपलब्ध छन्। तर, फोनमै यो प्रविधि जडित भने पहिलो भएको कम्पनीको दावी छ। एन्ड्रोइड फोन ‘के७ आइ’ को मूल्य भारतीय बजारमा करिब १३ हजार रुपैयाँ तोकिएको छ।

कम्पनीले विस्तारै यो फोन अन्य देशमा पठाउने तयारी गरेको छ। लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया, डेंगु जस्ता रोग फैलिन नदिन यसले मद्दत गर्ने कम्पनीको आशा छ।

विशेषता

एन्ड्रोइड अपरेटिङ सिस्टम (मार्समेलो ६.०)
फिंगरप्रिन्ट
दुई सिम लाग्ने (नानो)
फोजी
५ इन्चको टच स्क्रिन
१.१४ गिगाहर्ज क्वाडकोर प्रोसेसर
२ जिबी र्‍याम
१६ जिबी इन्टरनल मेमोरी
पछाडि एलइडी फ्ल्याससहितको ८ मेगापिक्सेल क्यामरा
अगाडि सेल्फी फ्ल्याससहितको ५ मेगापिक्सेल क्यामरा
२५०० एमएएच पावरको निकाल्न नमिल्ने ब्याट्रि




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI