वेलायतमा गोर्खामाथि जातीय विभेद,अण्डा हान्ने, अपशब्द बोल्ने आदि गरेको भिडियो सार्वजनिक

बेलायतमा नेपालीहरुको बाक्लो बसोबास रहेको फार्नबरो क्षेत्रमा दुई जना भूपू गोर्खा जातीय विभेदको शिकार बनेका छन् ।अण्डा हान्ने, अपशब्द बोल्ने आदि गरेको भिडियो सार्वजनिक भएको छ ।दुर्व्यहार गर्नेहरुले आफै भिडियो खिचेर सामाजिक संजालमा पलोड गरेका थिए |भिडियोमा १२/ १४ वर्षका जस्ता देखिने ३/४ जना बेलायती बालबालिकाले बाटोमा हिडिरहेका पीडित गोर्खाहरुलाई पछाडीबाट अण्डा हानेको देख्न सकिन्छ । विभिन्न अपशब्दहरु बोल्दै र चर्को स्वरमा हांस्दै उनीहरुले पीडितहरु हिडिरहेकै दिशामा पछ्याइरहेका छन् । त्यसमध्ये एकले दौडेर बृद्धहरुनजिकै पुगेर समेत दुर्व्यवहार गरेको दृश्यमा देखिन्छ ।

पीडितहरुले आफुहरुविरुद्धको आक्रमण र दुर्व्यवहार को प्रतिरोध गर्न खोजेपनि उत्तेजक बालबालिकाका सामु उनीहरु निरिह देखिएका छन् ।स्थानीय नेपालीहरुले दिएको अनुसार सो घटना दुई दिन अघि घटेको हो । दुर्व्यवहार गर्ने बालबालिकाहरु स्थानीय फ्रेनहिल स्कुलमा अध्ययनरत विद्यार्थीहरु हुन् ।सो क्षेत्रको साझा नेपाली संस्था ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष जिव बेल्वासेले पीडितहरुलाई सम्पर्क गर्ने प्रयत्न भइरहेको भन्दै आवश्यकताअनुसार कानुनी उपचार खोज्नेबारे समेत आफुहरुले तयारी गरिरहेको जानकारी दिए ।

घटनाबारे स्थानीय एक्टिङ चिफ मिनिस्टर लाई जानकारी गराउनका लागि समेत उनले समय लिइसकेका छन् । स्थानीय प्रहरीले पनि घटनालाई गम्भीरतापूर्वक लिएको बताउंदै अध्यक्ष बेल्वासेले पीडितलाई न्याय दिलाउन सक्दो पहल गर्ने बताए ।




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI