समाज

 
 

सर्पले डस्दा एक जनाको मृत्यु

इनरुवा, १ भदौ । सुनसरीको मधेसा गाविस–५ मा बुधबार सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।सर्पको टोकाइबाट मृत्यु हुनेमा मधेसा– ५ बस्ने ७२ वर्षीय गङ्गाराम मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घर नजिकै रहेको जङ्गलमा घाँस काट्न जाने क्रममा मेहतालाई सर्पले डसेको र उपचारका लागि जिल्ला अस्पताल इनरुवा सुनसरी ल्याएकामा उहाँको उचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।


तीर्थयात्राका क्रममा एकको मृत्यु

सिन्धुपाल्चोक, १ भदौ । धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा जनै पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न जाने क्रममा मङ्गलबार साँझ एकजनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नपा–१७ घर भएका ३३ वर्षीय सुवास भेटवालको मृत्यु भएको हो । गोसाइँकुण्ड जाने क्रममा नुवाकोट जिल्लासँग सिमाना पर्ने इचोक गाविस–९ कुटुमसाङ भन्ने स्थानमा बाटोमा हिँड्दाहिँड्दै एक्कासि ढलेका उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिनुभयो ।उहाँका अनुसार मङ्गलबार साँझ नै घटनाको जानकारी आएको भए पनि अविरल वर्षाका कारण घटनास्थलमा प्रहरी जान नसकेको पनि मृतकका आफन्तसहित आज बिहान ४फुर्सदमा


वृद्ध मस्र्याङ्दी नदी किनारमा मृत भेटिए

तनहुँ, १ भदौ । गत सोमबार घरबाट निस्केका तनहुँका एक वृद्ध मस्र्याङ्दी नदी किनारमा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भानु नगरपालिका–३ दुवुङ्गा बस्ने ६७ वर्षीय मणिराम तामाङ मङ्गलबार साँझ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सोही भानु नगरपालिका–३ स्थित रेडीखोलाको दोभानभन्दा करिब २०० मिटर तल मस्र्याङ्दी नदीकिनारमा तामाङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । वृद्ध तामाङलाई नदीले बगाउँदा मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । मृतकको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


तीन मनोरोगीको उद्धार : एक्ली महिलाको कष्ट टुङ्गियो

चितवन, १ भदौ । पूर्वी चितवनको कालिका नगरपालिका–७ खोलेसिमलमा रहेका एकै घरका तीन मनोरोगीको उद्धार गरिएको छ । राससमार्फत समाचार सार्वजनिक भएपछि मानवसेवा आश्रम चितवनले मङ्गलबार उनीहरुको उद्धार गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल, प्रहरी प्रमुख वसन्त कुँवर, आश्रमका संयोजक रामजी अधिकारी तथा अभिभावक केशव अधिकारीको सहभागितामा उनीहरुको उद्धार गरिएको हो । यसरी उद्धार गरिएकामा खोलेसिमल निवासी ५५ वर्षीय भीमप्रसाद भट्टराई, उनका दुई छोरा ३१ वर्षीय दीपक भट्टराई र २६ वर्षीय शंकर भट्टराई रहेका छन् । उनीहरुलाई भीमप्रसादकी पत्नी देवीमायाँ भट्टराईले कष्टफुर्सदमा


चट्याङबाट एक भारतीयको मृत्यु

भद्रपुर, १ भदौ । झापाको शरणामती–१ मा खयरबारीस्थित खेतमा काम गर्ने भारतको किसनगन्ज धनटोला ग्राम पञ्चायत महामारी खसिटोला बस्ने २० वर्षीय साहजान मियाँलाई चट्याङ लागेर मङ्गलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउँसो करिब १ः३० बजेको समयमा पानीसँगै परेको चट्याङले घाइते भएका मियाँलाई उपचारमा लैजानेक्रममा मृत्यु भएको बताइएको छ ।


Don't Miss
© all rights reserved
Crafted with by NetKUTI