विज्ञान सूचना र प्रविधि

 
 

मोबाइल एप्स र वेभसाइट सञ्चालन

काठमाडौँ, १ भदौ । अमेरिकी राजदूतावास युवा परिषद्ले भूकम्पप्रतिरोधी घरनिर्माणबारे जानकारी दिन मोबाइल एप्स र वेभसाइट सञ्चालनमा ल्याएको छ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले मोबाइल एप्स इकन्ट्रक्सन र वेभसाइट इकन्ट्रक्सन डटकम डट ओराजीको बुधबार एक कार्यक्रमबीच शुभारम्भ गर्नुभयो । उहाँले समाज परिवर्तनको सवालमा सञ्चारका साधनले महत्वपूर्ण भूमिका खेल्नसक्ने भन्दै पुनःनिर्माणसम्बन्धी मोबाइल एप्स र वेभसाइटले सर्वसाधारणलाई पुनःनिर्माण र भूकम्पप्रतिरोधी घर बनाउन जानकारी दिने बताउनुभयो । सञ्चार प्रविधिको सवालमा खासै उत्साहित हुनसक्ने अवस्था नरहेको भन्दै उहाँले अब प्रविधिको क्षेत्रमा मोबाइल एप्स र वेभसाइटले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । घरमैफुर्सदमा


साउन २८ गते साँझ नेपालमा अत्यधिक उल्कावर्षा

काठमाडौं ,२७ साउन । नेपालमा साउन २८ गते उग्र उल्कावर्षा हुने अनुमान गरिएको छ । नेपाल स्ट्रोनोमिकल सोसाइटीले साउन २ गतेदेखि सक्रिय ययाति उल्कावर्षा २८ गते अत्यधिक हुने अनुमान गरेको हो । सोसाइटीका अध्यक्ष खगोलविद् सुरेश भट्टराईका अनुसार २८ गते उत्कावर्षा उत्तर तथा उत्तरपूर्वी आकाशमा देखिने छ । २८ गते साँझ ६ः४५ देखि ९ः१५ सम्मको अवधिमा उल्कावर्षा बढी सक्रिय हुने अनुमान गरिएको छ । ‘अत्याधिक उल्का वर्षाको समय साउन २८ गते भएकाले साउन २७– २९ गते मौसम सफा रहे उल्का वर्षा हेर्न चाहनेका लागि सुनौलो मौका हुनसक्छ,’ सोसाइटीले भनेको छ,फुर्सदमा


सूर्यबाट तीनवटा मध्यमस्तरका ज्वाला निस्कियो (भिडियो)

एजेन्सी । सूर्यले गएको हप्ता तीन वटा मध्यम स्तरका सौर्य ज्वाला उत्सर्जित गर्‍यो । आफ्नो ११ वर्षे सक्रिय चक्र पूरा गर्ने अवस्थामा पुगेको सूर्यले गएको जुलाई २२ र २३ अर्थात साउन ७ र ८ मा तीनवटा मध्यमस्तरका ज्वाला उत्सर्जित गरेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । यी सन् २०१६ को अप्रिलपछिका सबै भन्दा ठूला सौर्य ज्वाला हुन् । सूर्यको गतिविधि एक्कासी सक्रिय भएकाले यस्तो ज्वाला फैलिएको नासाको भनाई छ । सूर्यको गतिविधि नियाली रहेको नासाको सोलार डाइनामिक्स अब्जरभेटरी एडिओले ज्वाला उत्सर्जित हुँदाको तस्बिर खिचेको छ । ज्वालाबाट निस्किएको घातकफुर्सदमा


यसरि चिन्नुहोस सामसुङ मोबाइलको सक्कली चार्जर

काठमाडौं । तपाँइसँग रहेको या तपाँइले किन्न लागेको सामसुङ मोबाइलको चार्जर र डाटा केबल सक्कली हो कि नक्कली भन्ने छुट्याउन यि तस्विरले सहयोग पुर्याउनेछन् । सबैभन्दा पहिला लोगो हेर्नुहोस । सक्कलीमा भन्दा नक्कलीमा लोगो बाक्लो अनि खाँजिएको अक्षरमा लेखिएको हुन्छ । चार्जरको एकसाइडमा दिइएको विवरणमा यदि लोगोमा घेरा लागेको , विचमा र लेखिएको छ भने त्यो सामान नक्कली हो । चार्जरको पीनमा पनि फरक देखिन्छ । सक्कलीको पिनको फेदमा सानो मोटो घेरा हुन्छ भने नक्कलीको पिन फेददेखिनै बराबर हुन्छ । त्यस्तै डाटा केबल पोर्टमा पनि फरक हुन्छ । पोर्ट अनिफुर्सदमा


कक्षा ९ मा पढ्ने अमनले बनाए पानी र ब्याट्रीबाट चल्ने रोबर्ट

काठमाडौँ, १४ साउन । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत खुर्कोट बगँैचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् । अमनले कक्षामा पढेका कुरालाई प्रयोगात्मक अभ्यासका लागि परिणत गर्नका लागि पेट्रोल, डिजलको सट्टा अमनले पानी र ब्याट्रिबाट चल्ने आधादर्जन विज्ञान सामग्री बनाएका छन् । विज्ञानका पास्कल र न्युटनको सिद्धान्तमा आधारित भएर अमनले ती वैज्ञानिक उपकरण बनाएका हुन् । उनले फालिएका सामग्री सिरिन्ज, पाइप, काठ, पेट, कागज प्रयोग गरेर विज्ञान सामग्री बनाएका हुन् । अमनले विभिन्न ठाउँमा ती उपकरण बनाएर प्रदर्शनी समेतफुर्सदमा


Don't Miss
© all rights reserved
Crafted with by NetKUTI