मुख्य खबर

 
 

झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित

१८ फागुन, धादिङबेशी । धादिङको मलेखुस्थित जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएपछि स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । झडपमा तीन जना छात्रा घाइते भएका छन् । गम्भीर घाइते अखिल क्रान्तिकारीकी सुजाता भट्टलाई उपचारका लागि काठमाडौंको न्युरो अस्पताल पठाइएको छ । एमाले अखिलका विद्यार्थीहरुले ईंटा प्रहार गरेर आफ्ना विद्यार्थी घाइते बनाएको अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य एवम् धादिङ जिल्ला इञ्चार्ज यादव गजुरेलले जानकारी दिए । गजुरेलका अनुसार ईंटा लागेर भट्टको टाउकोमा गम्भीर चोट लागेको छ । यसैगरी सुस्मा रुपाखेती र पार्वती सेढाईंको अवस्था सामान्य छ । यसरी भयो झडप जयवागेश्वरीफुर्सदमा


धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित

सरिता श्रेष्ठ / १४ फागुन, धादिङ – धादिङको तीनवटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शनिबार सम्पन्न भएको छ । त्रिविले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन देशभर फागुन १८ गते गर्ने भनेपनि धादिङका विद्यार्थी संगठनको सहमतिपछि ३ वटा क्याम्पसमा शनिबार नै निर्वाचन भएको हो । बाँकी ५ वटा क्याम्पसमा त्रिविले तोकेकै मिति फागुन १८ गते निर्वाचन हुनेछ । तीनवटा क्याम्पसमा भएको निर्वाचनमा दुई क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र एकमा अनेरास्ववियु निर्वाचित भएका छन् । धादिङका सवैजसो क्याम्पसमा एमाओवादी निकट अखिल क्रान्तिकारी र नेपाली काँङग्रेस निकट नेपाल विद्यार्थी संघवीच तालमेलफुर्सदमा


धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो

धादिङबेसी माघ १५ । तामाङ समुदायको २८ सय ५३ औँ ल्होसार धादिङबेसीमा भव्यताका साथ मनाइएको छ । मञ्जुश्री पात्रो अनुसार यही शनिबार देखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाह्रवटा जीवजन्तुको चक्रमा आधारित वर्ष परम्परा ‘बाह्र ल्हो’लाई तामाङ, गुरुङ, शेर्पा, ह्योल्मो, थकालीलगायत नेपालका बौद्ध सम्प्रदायका हिमाली भोटबर्मेली जातिमात्र होइन चीन, भारत, भुटान, थाइल्यान्ड, भियतनाम, हङकङ, जापान, कोरिया, मंगोलिया, लाओस लगायत देशमा समेत मान्ने गरिन्छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पुर्व गृहमन्त्री बुद्धिमानफुर्सदमा


धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ

धादिङ– १२ माघ । झुटो विवरण पेश गरि सालीलाई जुम्ल्याहा छोरी बनाएर नागरिकता दिने भिनाजुलाई स्थानीय प्रशाासनले पक्राउ गरेको छ । भिनाजुसँगै नागरिकता र राहदानी लिने दुवैजनालाई पनि प्रहरीले पक्रेको छ । पर्वत जिल्ला माझफाँट–१ बाट गायत्री जिसीलाई ३ वर्ष अघि मात्र विवाह गरेका आगिन्चोक–१ निवासी पदमबहादुर थापाले ससुरालीबाट २ सालीलाई बोलाएर छोरीका रुपमा सनाखत गरि गत माघ ४ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाएका थिए । थापाले गत माघ ४ गते गाविस सचिव शालिकराम खतिवडालाई श्रीमती गायत्री जिसीसँग २०५७ वैशाख १२ गते विवाह गरेको भन्दै विवाह दर्ता प्रमाण बनाउनफुर्सदमा


बालाजुमा १५ किलो सुन सहित १ जना पक्राउ

चीनको केरुङ्ग नाका हुदैँ काठमाडौं भित्रिएको १५ किलो सुन प्रहरीले बरामद गरेको छ। काठमाडौं भित्र्याउदैँ गर्दा बालाजु प्रहरीले १५ किलो सुनसहित १ जनालाई पक्राउ गरेको छ। ना १ ज ४९६४ सुमोबाट सुन बरामद भएको हो। गाडीको अगाडीको ईन्जिनको भागमा ब्याट्रीको फलामको फल्स बटम जस्तो बनाई लुकाई छिपाई राखेको अबस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ। गाडी चालक भक्तपुर सुर्यबिनायक ११ पलाँसे बस्ने वर्ष ३० को रबिन्द्र भुजेल पक्राउ परेका छन्। सुन बरामद गर्न बालाजुका डिएसपी अाफैँ विहान १ बजे चाैमती पुलमा पुगेका थिए। तातोपानी नाका बन्द भएपछि अहिले केरुङ्ग नाकाबाटफुर्सदमा


Don't Miss
© all rights reserved
Crafted with by NetKUTI