दुर्घटना

 
 

आफैँले काटेको रुखले च्यापेर मृत्यु

धादिङ, माघ २४। आफैँले काट्दै गरेको रुखले च्यापेर धादिङ महादेवस्थान गाविसको जरुङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हेनेमा महादेवस्थान गाविस– ८ जरुङका ४८ बर्षिय वीरबहादुर तामाङ रहेका इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ। घरको पाली बनाउनका लागि काठको जोहो गर्न गाउँ नजिकैको जङ्गलमा रुख काट्न गएका तामाङको आफैँले ढाल्दै गरेको रुखले च्यापेर मृत्यु भएको हो। तामाङको मृत्यु भएपछि उनकी १० वर्षीया एकमात्र छोरीको विचल्ली भएको छ। मृतककी श्रीमती बुद्धिमाया थिङ दश महिनाअघि वैदेशिक रोजगारीका लागि कुवेत गएकीले घरमा बाबुछोरी मात्र बस्दै आइरहेका थिए।


मलेसियामा नेपाली कामदारको मृत्यु

वैदेशिक रोजगारीको शिलशिलामा पाँच महिना अघि मलेसिया आएका एक नेपाली कामदारको सुतेकै अवस्थामा मृत्यु भएको छ । भोजपुर घाडेटार-४ घर भई मुगकेरामा सेक्युरिटि गार्डको रुपमा कार्यरत अन्दाजी ३४ वर्षका वालकुमार राईको शनिवार राति मृत्यु भएको हो । दिनभरी काम गरी राई साझँ करीव पौने दश वजेतिर नेपालमा श्रीमतीसंग फोनमा कुरा गरेर सुतेका थिए । सुतेको केही सयममा छटपटाउन थालेका उनलाई साथीभाईले एम्वुलेन्स वोलाएर अस्पताल लैजाने तयारी गरिरहेका बेला राईको मृत्यु भएको हो । राईको शवलाई सेलायाग अस्पतालमा राखिएको छ । पोसमार्टमको रिपोर्ट अनुसार राईको हृदयघातवाट निधन भएको उल्लेख गरिएको छफुर्सदमा


पाउरोटी कारखानामा आगलागी, ७० लाखभन्दा बढीको क्षति

विराटनगरमा आज बिहान एक पाउरोटी उद्योगमा आगलागी हुँदा रु ७० लाखभन्दा बढीको क्षति भएको छ । विराटनगर–१५ भट्टिमोडस्थित चौकमा रहेको सुरेश सहनीको लक्ष्मी पाउरोटी उद्योगमा आज बिहान ४:३० बजे विद्युत् सर्ट हुँदा लागेको आगोले पाउरोटी उद्योगका साथै छिमेकी जुगल सहनीको बोरा उद्योग एवम् गोदाम, मनोहर रायको पसल, छिमेकीको किराना, चिया पसल तथा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । उक्त आगो विराटनगर, इटहरी, इनरुवा, धरान र दमकका गरी पाँचवटा वारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् स्थानीय जनताको सहयोगमा बिहान ७ बजे नियन्त्रणमा लिइएको छ । आगोबाट उद्योग रफुर्सदमा


रामेछापमा बस दुर्घटना,७ जनाको मृत्यु

१७ मंसिर, रामेछाप । रामेछापको रामपुर गाविसको च्यास्कु बजारबाट सदरमुकाम मन्थली आउँदै गरेको बा २ ख ३१६६ नम्बरको यात्रुवाहक वस सुकाजोर गाविस- ६ पात्लेवनमा सोमबार बिहान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्युभएको हो भने एकजनाको रामेछाप अस्पतालमा उपाचारका क्रममा मृत्यु भएको हो । मन्राथली जाँदै गरेको सो बसर रामपुरबाट काठमाडौ जाँदै गरेको बसलाई उछिन्न खोज्दा सडकबाट करिब ५० मिटर तल झरेको हो । दुर्घटनामा एकै गाविसका ५ जनाको ज्यान गएको छ । रामपुरबाट रामेछाप जाँदै गरेका रामपुर-१ का ६० वर्षीय महावीर माझी, सोहीफुर्सदमा


कसले धेरै रक्सी पिउने भन्दै बाजी ठोक्दा एकको ज्यानै गयो

कसले बढी रक्सी खान सक्ने भन्ने विषयमा दुई युवाबीच बाजी पर्दा मुगुमा एकजनाको ज्यान गएको छ । मुगुको पश्चिम खत्याड भेगको गम्था गाविसस्थित थारा गाउँका २२ वर्षीय वीरसिंह भियालको मृत्यु भएको हो । भियालले, स्थानीय उपेन्द्र विकको पसलमा पानी नमिसाइ सिलबन्दी ७ क्वाटर रक्सी खाएका थिए । रक्सीले बेहोस भएका भियालको माथिचौरको निजी मेडिकलमा उपचारका लागि लैजादै गर्दा बाटोमानै ज्यान गएको हो । मृतक भियाल र २३ वर्षीय लुहारे विक बिच पानी नमिसाएको रक्सी कसले बढी खान सक्छ भन्ने बाजी परेको स्थानीयको भनाइ छ ।


Don't Miss
© all rights reserved
Crafted with by NetKUTI