खेलकुद

 
 

एसीसी इमर्जिङ कप : नेपालद्वारा हङकङ सात विकेटले पराजित

काठमाडौँ, १७ चैत । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई सात विकेटले पराजित गरेको छ । हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४२ दशमलव २ ओभरमा तीन विकेट गुमाउँदै पुरा ग¥यो । दीपेन्द्रसिंह ऐरीले छक्का प्रहार गर्दै नेपाललाई प्रतियोगितामा सान्त्वना जित दिलाएका हुन् । बङ्गलादेशको कक्स बजार स्टेडियममा नेपालले टस जितेपछि हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१४ रन बनायो । कप्तान ज्ञानेन्द्र मल्लले जितको आधार तयार पारेपछि नेपाललाई जित्न सहज भएको हो । दीपेन्द्रसिंह ऐरीफुर्सदमा


एसीसी इमर्जिङ टिम्स क्रिकेट : पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

काठमाडौँ, १४ चैत । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । बङ्गलादेशको शेख कमाल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै नौ विकेटको क्षतिमा एक सय ८० रन बनायो । एकसय ८१ रनको विजयी लक्ष्य पाकिस्तानले चार विकेटको क्षतिमा ४५ दशमलव १ ओभरमा पुरा गर्यो । पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इमाम उल हकले अविजित १०४ रन बनाए । उनले एकसय ३५ बल खेल्ने क्रममाफुर्सदमा


नेपाललाई तीन पदक

१० चैत, काठमाडौं । थाइल्यान्डको बैंककमा भएको दोश्रो थाइ मार्सल आर्ट विश्व च्याम्पियनसिपमा नेपालले १ रजतसहित ३ पदक जितेको छ । पुरुषको ५७ केजीमा सविनकुमार राईले रजत तथा ५१ केजीमा निकेश तामाङ र ६७ केजीमा रमेश पाण्डेले कांस्य जिते । गत संस्करणका स्वर्ण विजेता निकेशले यसपटक कांस्यमै चित्त बुझाएका हुन् । नेपालबाट ४ पुरुष खेलाडीले सहभागिता जनाएकोमा ५४ केजीमा प्रतिस्पर्धा गरेका राजु राई पदकविहीन रहे । मार्च १२ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा सहभागी भइ टोली नेता नेपाल थाइ बक्सिङ संघका अध्यक्ष नवराज भण्डारी र अफिसियल श्यामकृष्ण बस्नेतसहितको टोली बिहीबारफुर्सदमा


आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप : नेपाल टस जितेर बलिङ गर्दै

काठमाडौँ, ३० फागुन । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेल सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर अहिले बलिङ गरिरहेको छ । शनिबार पहिलो खेलमा नेपालले टस हारेको थियो र प्रारम्भमा ब्याटिङ गर्न पुगेको थियो । उक्त खेल पटकपटक वर्षाका कारण अवरुद्ध भएको थियो । आज मौसमले साथ दिएको छ र पारिलो घाम लागेको छ । ताजा स्थितिमा २० ओभरको खेल सकिँदा केन्याले ५५ रन बनाएको छ । नेपालले केन्याको दुई विकेट लिएको छ । केन्याका एए ओबान्डा र डिएम गोन्डारिया आउटफुर्सदमा


नेपालबाट केन्यालाई १०४ रनको लक्ष्य

काठमाडौँ, २८ फागुन । आइसीसी क्रिकेट लिगअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले केन्यालाई १०४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङ पाएको नेपालले ३६ ओभरको खेलमा ११२ रन बनाएको थियो । पानी परेका कारण ‘एल डी डब्लु’का आधारमा खेल छोटाएर २९ ओभरमा झारिएको छ । अहिले केन्याले जवाफी व्याटिङ गरिरहेको छ ।


Don't Miss
© all rights reserved
Crafted with by NetKUTI