किनमेल अर्थ र बजार

 
 

निःशुल्क सीम बाँड्दै टेलिकम

बागलुङ, २१ चैत । नेपाल टेलिकम बागलुङले आफ्ना ग्राहकलाई निःशुल्क रुपमा सीमकार्ड वितरण गरेको छ । यहाँ जारी चैत्राष्टमी मेलामा ‘स्टल’ नै राखेर टेलिकमले प्रिप्रेड मोबाइलको सीमकार्ड बाँडेको हो । दुई दिनमै एकहजार भन्दा बढीले सीमकार्ड लगेको टेलिकम कार्यालयले जनाएको छ । आउँदो बुधबारसम्म मेला भर्न आउने दर्शकलाई निःशुल्क रुपमा सीमकार्ड उपलब्ध गराइने कार्यालय प्रमुख केशव शर्माले बताउनुभयो । ग्राहकले एकप्रति फोटो र नागरिकताको प्रतिलिपि मात्र बुझाएर रु ५० ‘ब्यालेन्स’ भएको सीमकार्ड निःशुल्क पाएका छन् । ‘बजार प्रबद्र्धनको लागि र ग्राहकको सुविधाका लागि निःशुल्क रुपमा सीमकार्ड वितरणको व्यवस्था मिलाएका हौं’फुर्सदमा


सेयर बजारमा ‘सर्किट ब्रेक’

काठमाडौँ, २० चैत । धितोपत्र बजारमा आज दुई पटक सर्किट ब्रेक लगाउनुपरेको छ । अत्याधिक रूपमा बजार बढेपछि नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेक लगाएको छ । एक हजार ५८७ विन्दुबाट सुरु भएको कारोबार ७९.४७ विन्दुले बढेर एक हजार ६६७ मा पुगेको छ । अस्वाभाविक रूपमा बजार बढ्नुको पछाडि स्थानीय तहको निर्वाचनको सुनिश्चिता बढेको र ‘क्रेडिट क्रन्च’मा समेत सुधार भएपछि बजारमा उछाल आएको हो । कुल १३४ कम्पनीको १६ लाख ७५ हजार ३१८ कित्ता सेयर रु ९६ करोड ४२ लाख ४६ हजार ३२७ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । ‘क’फुर्सदमा


इन्टरनेट र टेलिभिजन हेरेर बाख्रापालन

म्याग्दी (बेनी), २० चैत । टेलिभिजन र इन्टरनेटको सहायता लिई सुरु गरेको बाख्रा तथा कृषि फार्म जिल्लाकै नमुना फार्म बनेको छ । बेनी नगरपालिका– २ गौश्वारका विराज मल्लले सञ्चालन गरेको सिद्धबराहा बाख्रा तथा कृषि फार्ममा नयाँशैली, प्रविधि र संरचनाको प्रयोग गरिएको छ । जाडो याममा फाइबर टिन र गर्मी याममा हावा छिर्ने झ््यालको प्रयोग गर्ने गरिएको छ । करिब ३० मिटर लम्बाइ र ५.२ मिटर चौडाइ भएको खोरभित्र बाख्रा राख्ने ११ वटा कोठा रहेको छ । सो फार्मको अवलोकनका लागि जिल्लाभित्र र बाहिरबाट दैनिक कृषक आउने गरेका छन् । फार्मभित्रफुर्सदमा


ग्रामीण अर्थतन्त्रको आधार वैकल्पिक ऊर्जा

काठमाडौँ, १९ चैत । सरकारले जलविद्युत् क्षेत्रको विकासलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेको बेला वैकल्पिक ऊर्जालाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिइएको छ । नेपाल इन्जिनियरिङ एसोसिएसन र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज ललितपुरमा आयोजना गरेको सङ्घीय संरचनामा वैकल्पिक ऊर्जाको विकास र विस्तार विषयक कार्यक्रमका सहभागीले जलविद्युत्को कुरा गर्दा वैकल्पिक ऊर्जाको विषयलाई छाड्न नहुने धारणा राख्नुभयो । लगानी र समयको हिसाबले पनि जलविद्युत् आयोजना अगाडि बढाउन लामो समय लाग्ने भएकाले छोटो समयमा नै अगाडि बढाउन सकिने ऊर्जाको माध्यम नै वैकिल्पक ऊर्जा भएको र केही वर्षभित्रै सौर्य, वायु जस्ता ऊर्जाको माध्यमले जलविद्युत्लाई जित्नेफुर्सदमा


कृषिमा आत्मनिर्भर हुने बजेट आउँछ–कृषि मन्त्री

भक्तपुर, १९ चैत । कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताउनुभएको छ । आजबाट भक्तपुरको सूर्यविनायकमा जिल्ला कृषि सहकारी सङ्घले आयोजना गरेको दुई दिने वृहत कृषि मेलाको उद्घाटन गर्दै उहाँले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको हो । कृषि सहकारीको माध्यम एवम् निजी कृषि संस्थाबाट पनि कृषिको विकासका लागि सरकारले साझेदारी रुपमा काम गर्न खोजेको बताउँदै उहाँले कृषिलाईमाथि उठाउन सरकारले थप कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो । कृषिमा आत्मनिर्भर बन्नसक्ने क्षेत्र भनेको कृषि, ऊर्जा, पर्यटन क्षेत्र नै भएको बताउँदै उहाँले कृषिकोफुर्सदमा


Don't Miss
© all rights reserved
Crafted with by NetKUTI