Saturday, December 2nd, 2017

 

अब वाम गठबन्धनले जित्छ अनि देशको विकासले गति लिन्छ – प्रचण्ड

चितवन, १६ मंसिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको सरकारले विकासको गति लिने बताउनुभएको छ । अहिलेसम्म राजनीतिक अस्थिरताका कारण विकासका कामले फड्को मार्न नसकेको भन्दै उहाँले अबको सरकार बलियो सरकार हुने र विकासको कामले गति लिने बताउनुभयोे । उद्योग वाणिज्य संघ चितवनले यहाँ आज आयोजना गरेको समग्र चितवनको ‘आर्थिक विकासका लागि सम्भावना र अवसर’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले चितवन भौगोलिक हिसाब र पर्यटकीय हिसाबले सम्भावना बोकेको जिल्ला भएकाले यसको विकासका लागि निजी र सार्वजनिक साझेदारी अघि बढाउँदै विकास गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको विकासकाफुर्सदमा


देश विकास गर्नको लागि कांग्रेस लोकतान्त्रिक गठबन्धनको जित हुनैपर्छ – नेता सिंह

भक्तपुर, १६ मंसिर : नेपाली काँग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले लोकतन्त्र र देशको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताउनुभएको छ । आज मध्यपुरथिमिको चपाचोमा आयोजना भएको लोकतान्त्रिक युवा भेलामा उहाँले विश्वबाट पतन भएको साम्यवादको नेपालमा भविश्य नरहेको भन्दै २१ औँ शताब्दिमा नेपालमा कम्युनिष्ट व्यवस्था सफल हुन सक्दैन भन्नुभयो । उहाँले लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउने दाबी गर्दै काँग्रेसको नेतृत्वमै नयाँ सरकार गठन हुने बताउनुभयो । युवा परिचालन समितिका जिल्ला संयोजक अष्ट कवेले लोकतन्त्र र प्रजातन्त्रको रक्षा गर्दै सफलरुपमा संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेसले विजयी हासिल गर्नुपर्ने बताउनुभयो ।फुर्सदमा


विभिन्न क्षेत्रका बुद्धिजीवीहरुले आशन्न निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन आग्रह गरे

काठमाडौँ, १६ मंसिर : काठमाडौँ क्षेत्र नं ४ मा रहेका विभिन्न बुद्धिजीवीले आशन्न निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् । आज यहाँ भएको भेलामा उनीहरुले प्रतिनिधिसभामा सो क्षेत्रमा नेकपा (एमाले) का डा. राजन भट्टराईसहितका उम्मेदवार जित्नुपर्ने जनाएका हुन् । डा भट्टराई वैदेशिक मामिलाका विज्ञसमेत भएकाले आफूहरु खुलेको बुद्धिजीवीको भनाइ छ । भेलामा उम्मेदवार डा भट्टराईले भावी सन्ततिका लागि सही दिशा दिन वाम गठबन्धनले जित्नुपर्ने बताउनुभयो । सो क्षेत्रमा प्रदेशसभा १ र २ का उम्मेदवार क्रमशः निर्मल कुईंकेल र कुसुमकुमार कार्की उम्मेदवार हुनुहुन्छ । बुद्धिजीवी सहयोग समितिका संयोजक प्राफुर्सदमा


झण्डै ५ करोड हिनामिनाको अभियोगमा कृषि विकास बैंकका कर्मचारी पक्राउ

१६ मंसिर, काठमाडौं । कृषि विकास बैंक न्यूरोड शाखाको झण्डै ५ करोड रकम हिनामाना गरेको अभियोगमा बैंककै कर्मचारी (सहायक टेलर) दिपिका रेग्मीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेग्मीसँगै बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाडौं ३२ मा बस्ने रेमशकुमार थापा छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार रकम हिनामिनामा रेग्मीको मुख्य संलग्नता देखिएको छ । बैंकको न्यूरोड शाखाबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको पाइएको छ । प्रहरीका अनुसार सहायक टेलर रेग्मीले सेवाग्राहीले जम्मा गरेको चेकफुर्सदमा


कांग्रेस नेताको घरैमा बम विष्फोटन – चुनावको मुखमा जताततै विष्फोटन र आतंक

१६ मंसिर, तनहुँ । कांग्रेस युवा नेता प्रदीप पौडेलको तनहुँस्थित घरमा बम विष्फोट भएको छ । तनहुँको गणपतेस्थित पौडेलको घरमा शनिबार बिहान करिब पौने पाँच बजेतिर बम विष्फोट भएको हो । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेल तनहुँ क्षेत्र नम्बर २ (क)का उम्मेदवार समेत हुन् । आँगनमा बम विष्फोट भएको र घरका सबै सदस्य सकुशल रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । घरमा भने सामान्य क्षति भएको छ । बम विष्फोट गराउने समूहको पहिचान भएको छैन । प्रहरीले विष्फोट गराउनेको खोजी भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।फुर्सदमा


गाईपालन गरेर बसेका श्रीमान श्रीमतीको विभत्स हत्या

१६ मंसिर, सिमरा । बाराको जितपुर सिमरा उपमहानगरपालिका बजनीमा एक दम्पतीको बिभत्स हत्या भएको छ । व्यवसायीक गाईपालन गर्दै आएका ३७ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपाको हत्या भएको हो । घर नजिकैको गाई फारममा सुतेका उनीहरुको शव शनिबार बिहान फेला परेको हो । श्रीमतीको शव गाई फारमभित्र र श्रीमानको शव फारम बाहिर परालको टौवा नजिक फेला परेको छ । शव क्षत विक्षत अवस्थामा छ । अनुहार र टाउकोमा गहिरो घाउ छ । घरेलु चक्कु र चिरेको बाँसको भाटाले प्रहार गरेर हत्या गरेको अवस्थामा सुवेदी दम्पतीको शवफुर्सदमा


यस्तो छ विश्वकप फुटबलको तालिका, कुन कुन देश कुन समुहमा परे हेर्नुहोस

काठमाडौं । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ। शुक्रबार रुसको राजधानीस्थित क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो। विश्वकप खेल्ने ३२ टोलीलाई विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्ने गरी ८ समूहमा विभाजन गरिएको छ। सार्वजनिक ड्र अनुसार समूह ए मा आयोजक रसिया, साउदी अरेबिया, इजिप्ट र उरुग्वे परेका छन् भने समूह बी मा पोर्चुगल, स्पेन मोरोक्को र इरान पनि परेका छन्। त्यस्तै समुह सीमा सन् १९९८ विजेता फ्रान्स, पेरु, डेनमार्क र अस्ट्रेलिया परेका छन्। यसैगरी समूह डी मा अजेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया परेका छन्फुर्सदमा


पूर्वप्रधानमन्त्री झलनाथ खनाल चढेको गाडी नजिकै बाटोमुनिको कान्लामा यसरी भयो बम विष्फोटन

१६ मंसिर, इलाम । पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार गाडी नजिकै शुक्रबार बम विस्फोट भएको छ । खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । विस्फोटबाट कुनै क्षति भने नभएको प्रहरीको भनाइ छ । प्रहरी प्रमुख विपीन कर्माचार्यले खनाल सवार गाडीलाई लक्षित नभई बाटोमुनिको कान्लाबाट विस्फोटको आवाज आएको बताए । प्रजिअ विष्णुप्रसाद पोखरेलले घटना सामान्य भए पनि विस्फोटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन खोजीफुर्सदमा


रुसले अमेरिकाको व्यापक आलोचना गर्दै उत्तर कोरियाको पक्ष लियो, के अब अमेरिका तर्सिएला ?

बीबीसी। रुसका विदेशमन्त्री सर्गेई लावरोफले उत्तर कोरियालाई परमाणु हतियार बनाउन अमेरिकाले नै उक्साइरहेको आरोप लगाएका छन्। उनले संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरियाको पछिल्लो परमाणु कार्यक्रमपछि विश्वको सबै मुलुकले उत्तर कोरियासँगको सम्बन्ध तोड्न गरेको आग्रहलाई अस्विकार गरेका छन् । रुसले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएर कुनै परिणाम ननिस्किएको भन्दै उसँग वार्ता गर्नुपर्ने अडान लिएको छ। अमेरिकाले उत्तर कोरियासँग युद्ध भयो भने उत्तर कोरियाली सरकार पूरै ध्वस्त हुने चेतावनी दिएको थियो । बुधबार उत्तर कोरियाले एक नयाँ ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको दाबी गरेको थियो। उत्तर कोरियाका अनुसार सो मिसाइलले अमेरिकासम्मफुर्सदमा


शिक्षक नै यस्तो भएपछि – बोर्डिंग स्कुलका प्रिन्सिपल गाँजा र हात हतियारसहित पक्राउ

वीरगन्ज : पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर १ महादेवपट्टीको जगतीयाबाट प्रहरीले शनिवार बिहान हतियारसहित एक जना शिक्षकलाइ पक्राउ गरेको छ। जगतीयामा रहेको ज्ञानमाला एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल चन्द्रलोकी झालाई प्रहरीले नलकटुवा पेस्तोलसहित पक्राउ गरेको हो। विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सेढवाबाट प्रहरी नायव निरीक्षक रामराजा पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले जगतीयास्थित झाको घर अगाडि रहेको धानको भकारीभित्रबाट एक थान नालकटुवा पेस्तोल बरामद गरेपछि झालाई पनि पक्राउ गरेको हो। भकारीबाट चार केजी गाजा पनि बरामद भएको प्रहरी नायव निरीक्षक पौडेलले बताए। हतियार र गाजासहित पक्राउ परेका झालाई जिल्ला प्रहरी कार्यालयफुर्सदमा


Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI