ज्योति मगरले कपडा फुकालेपछि तुलसीपुर महोत्सवमा हंगामा

दाङ, माघ २१ । तुलसीपुरमा जारी मध्यपश्चिम महोत्सवमा गायिका ज्योति मगरले शुक्रबार हंगामा मच्चाइन् । मिनी स्कट र ज्याकेट लगाएर स्टेजमा उक्लेकी उनले अन्त्यसम्ममा ज्याकेट फुकालेर अर्धनग्न भएर नाँचिन् । उनी नाँच्दै गर्दा दर्शक पनि हुटिङ गर्दै नाँचे । ज्योतिको त्यो चर्तिकला देखेपछि आफन्तसँगै महोत्सव हेर्न गएका दर्शकहरु सर्माएका थिए ।


उनले उही मुलाको सिन्की उही मुलाको चाना, जिम्वाल बाउकी छोरी, पुस माघको जाडोमा सिरक ताना तान लगायतका गीतमा नारी इज्जतको खिल्ली उडाँदै अत्यन्तै छाडा रुपमा नाँचेकी थिइन् । उनी स्टेजमा प्रवेश गरेदेखि नै दर्शकले चर्काे हुटिङ गरेका थिए । युवाहरुले लभ यू ज्योति भनेका थिए । उनले पनि जवाफमा सोल्टाहरु आई लभ यू भन्ने जवाफ फर्काउनुभएको थियो । उनले उही मुलाको सिन्की उही मुलाको चाना, जिम्वाल बाउकी छोरी, पुस माघको जाडोमा सिरक ताना तानलगायतका गीत प्रस्तुत गरेकी थिइन् ।

उनले गीत प्रस्तुत गर्दा सुरक्षाकर्मीलाई युवाहरुलाई सम्हाल्न हम्मे हम्मे परेको थियो । ज्योतिलाई हेर्न बृद्धदेखि बालकसम्म अरनिको मैदानमा दिउँसो तीन वजेसम्म प्रतिक्षारत रहेका थिए । शुक्रबार चर्चित गायिका ज्योगी मगर, नविन पौडेल, ऋतु कडेल, हास्य कलाकार कमल गाउँले, शेरबहादुर डाँगी, रमेश क्षितिज गिरी, सचिन प्रोख्रेल, गीता रेउले, प्रेम प्रकाश मल्ल, विकास घले गुरुङ, देवकला बस्नेतलगायतका कलाकारहरुले प्रस्तुती राखेका थिए ।

तुलसीपुरस्थित अरनिको मैदानमा जारी महोत्सवमा पाँच लाख दर्शकलाई सहभागी गराउने, २० करोडको आर्थिक कारोवार गर्ने र त्यसबाट एक करोड रुपैयाँ बहुउद्देश्यीय सभागृह निर्माणमा बचत गर्ने लक्ष्य रहेको आयोजकले संस्था तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक विमल रिजालले जानकारी दिए ।

उद्देश्य अनुरुप महोत्सव सफल बन्दै गइरहेको  भन्दै  दर्शकहरुको सहभागीताले थप उत्साहित बनाएको अध्यक्ष रिजालको भनाइ रहेको थियो । ‘स्वदेशी उत्पादन प्रयोग गरांै, सवल राष्ट्रिय अर्थतन्त्रको निर्माण गरांै’ भन्ने नाराका साथ १३ गतेदेखि सुरु भएको महोत्वसव २३ गतेसम्म जारी रहने छ । महोत्सवमा शुक्रबार १ करोड बढिको कारोबार भएको आर्थिक उपसमितिका संयोजक ललित जंग शाहले जानकारी दिए । दाङखबर


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI