कुमार आङदेम्बे (अबि)को संयोगवस’ सार्वजनिक

Kumar angdambeलामो समय देखि इजरायलमा बस्दै आएका गीतकार कुमार आङदेम्बे (अबि)को संयोगबस् डिभिडि एल्बम वरिष्ठ साहित्यकार, कवि, गजलकार,रचनाकार, प्रोफेसर डा. कृष्णहरी बराल ज्यूको प्रमुख आतिथ्य तथा ब्राईट नेपालका अध्यक्ष पुनम देवको सभापतित्वमा एक्सन मिडिया ग्रुप प्रा.लि. र ब्राईट नेपालको संयुक्त आयोजनामा एक विशेष समारोहको विच विमोचन भएको छ ।

उक्त विमोचन कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य उत्तम के.सी., चलचित्र पत्रकार संघको अध्यक्ष शान्ति प्रीय, चलचित्र निर्देशक समाजको उपाध्यक्ष सुमन दाहाल, रेडियो नेपालका बोर्ड सदस्य मुक्तककार, शिल्पीकार कवी रमेश पौडेल, राष्ट्रिय अनलाईन पत्रकार संघका केन्द्रीय अध्यक्ष मुकुन्द कुमार ढुङ्गाना, लेखक तथा समाजसेवी टंक उप्रेती, गायक विश्व शान्त राई लगाएतको उपस्थिति रहेको थियो । यस संयोगबस डिभिडिलाई प्रोडक्शन गरेर बजारमा ल्याउने काम एक्शन मिडिया ग्रुप प्रा.लि.ले गरेको छ ।

कुमार आङदेम्बे (अबि) जी को साहित्यमा सानै देखिको रुची भए पनि यस क्षेत्रमा निरन्तर लाग्नु भएको ३/४ वर्ष हुदैछ l यहि क्रममा उहाले आफ्नो पहिलो गीति एल्बम ‘संयोगवस’ तपाईहरु माँझ बजारमा लिएर आउनु भएको छ l जुन एल्बमको गीतहरुले माया प्रेमलाई फोकस गरेको छ l मिलन ,बिछोड,एक अर्कालाई माया गरेर पनि माया पाउन नसकिने तितो सत्यहरु संयोगवस गीति एल्बमका गीतहरुमा हेर्न र सुन्न सकिन्छ । यस डिभिडिमा ४ वटा गितहरु रहेको छ । गितमा स्वर प्रमोद खरेल, कमला खत्री, गौरब लिम्बु, जुनु प्रसाई र विश्वशान्त राईको रहेको छ भने सबै गितहरुका रचनाकार कुमार आङदेम्बे रहेका छन् ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI