कप्तान पारस चम्किएपछि युएइ बिरुद्ध नेपालको ४ विकेटको जित

काठमाडौं : कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शन तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालले युएईलाई पराजित गर्दै नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा दोस्रो जित हात पारेको छ।

प्रतियोगिताअन्तर्गत आइतवार भएको तेस्रो खेलमा नेपालले युएईले दिएको ११५ रनको लक्ष्य २८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो।

प्रतियोगितामा नेपालको यो दोस्रो जित हो भने युएईको दोस्रो हार हो। पहिलो खेलमा नामिबियालाई पराजित गरेको नेपाल दोस्रो खेलमा भने ओमानसँग पराजित भएको थियो।

अघिल्लो दिनको वर्षाले मैदान भिजेका कारण ३४ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ३१ ओभरमा ११४ रनमा अलआउट भएको हो।

नेपालको जितमा कप्तान पारस खड्काले २ विकेट लिनुका साथै अर्धशतक प्रहार गरे। यस्तै बलिङमा सोमपाल कामीले ४ तथा सन्दीप लामिछानेले ३ विकेट लिए।

सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालको ओपनिङ ब्याटिङमा पुन: पुरानै समस्या दोहोरियो। ओपनर दिलिप नाथ २ तथा ज्ञानेन्द्र मल्ल ५ मा गुमाएको

नेपालको इनिङ्स कप्तान पारसले एक्लै सम्हालेका थिए। पारसले अर्धशतक बनाउने क्रममा ४३ बल खेल्दै २ चौका र ५ छक्का प्रहार गरे। उनले चौथो नम्वर ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरिसँग तेस्रो विकेटका लागि १० तथा शरद भेषावकरसँग चौथो विकेटका लागि २६ रनको साझेदारी गरे। नामिबियामा पहिलो प६क चौथो नमवरमा ब्याटिङ गरेका दीपेन्द्र ४ तथा शरद ३ रनमा आउट भए।पारसले ५१ रनमा आउट हुनुअघि आरिफ शेखसँग ३० रनको साझेदारी गरेका थिए। आरिफले १६ रनको योगदान गरे। आरिफले रोहित पौडेलसँग छैटौँ विकेटका लागि २७ रनको साझेदारि गरेका थिए। रोहित १२ तथा सोमपाल कामी १० रनमा नटआउट रहे।

बलिङमा युएईका मोहम्मद नाभिद र अमिर हायातले २-२ विकेट लिए।

त्यसअघि नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा युएईले ११४ रन मात्र बनाउन सकेको थियो।

युएईलाई अलआउट गर्न नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए भने सन्दीप लामिछानेले ३, कप्तान पारस खड्काले २ तथा करण केसीले १ विकेट लिए। सोमपाल र सन्दीपले ७ ओभर बलिङ गर्दा समान ३० रन खर्चे। सन्दीपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिदै कुनै रन दिएका थिएनन्।

युएईका लागि साइमन अनवरले सर्वाधिक ३० रन बनाए। यस्तै एडनान मुफ्टीले १८, घुलाम शाबरले १६ तथा मोहमद बोताले १५ रन बनाए।

अलराउण्ड प्रदर्शन गरेका नेपालका कप्तान पारस खड्का म्यान अफ दि म्याच घोषित भए।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI