राष्ट्रिय सभामा प्रदेश १ बाट एमालेका ५, कांग्रेसका २ र माओवादीका १ जना विजयी

प्रदेश नं १ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि आज भएको निर्वाचनमा दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्।

विराटनगरस्थित वीरेन्द्रसभा गृहमा आज अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले छ हजार २७० मत प्राप्त गरी विजयी  भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वीे नेपाली कांग्रेसका विनयकुमार विश्वकर्माले दुई हजार २३२ मत प्राप्त गरेका छन्।

अल्पसंख्यक समूहबाट एमालेकै अगमप्रसाद बान्तवा विजयी भए। बान्तवाले छ हजार १३८ मत प्राप्त गरी विजयी भएका छन्। नेपाली कांग्रेसका महेश जाजुले दुई हजार ८९८ मत मात्रै प्राप्त गर्नुभएको प्रदेश नं १ का सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए।

यसअघि, महिलाको तीन पद र खुलाको तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। कूल आठ स्थानमा एमालेका पाँच, काँग्रेसका दुई र नेकपा (माओवादी केन्द्र) का एकजना निर्वाचित भएका छन्।

यसअघि निर्विरोध निर्वाचित हुनुहुनेमा खुला समूहबाट एमालेका पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी र काँग्रेसबाट रमेशजंग रायमाझी छन्। त्यस्तै, महिला समूहबाट एमालेका नैनकला ओझा, माओवादी केन्द्रका विना पोखरेल र काँग्रेसका सरिता प्रसाईं छन्।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI