स्वराज भ्रमणको आयाम: प्रधानमन्त्री ओली कि यादव ? प्रचण्डले कोर्श फेर्न सक्ने

नविन सिंह: शुक्रबार , माघ १९-२०७४, काठमाडौँ :भर्खरै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको २ दिने सद्भाव भ्रमण सकाएर फर्केकी छिन ।

 

भारतीय बिदेशमन्त्रीको भ्रमणको क्रममा उनले रास्ट्रपति  बिद्द्या भण्डारी , एमाले अध्यक्ष केपी, ओली, प्रधानमन्त्री शेर बहादुर देउवा , माओबादी अध्यक्ष प्रचण्ड, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र अन्य मधेसी दलका नेताहरु संग राजनैतिक भेटघाट र छलफल गरका छन ।

 

संघीय निर्वाचन सम्पन्न भएर सरकार गठनको संघारमा रहेको नेपालमा भारतीय दुत आएर राजनैतिक भेटघाटको नाममा अनाबश्यक चासो व्यक्त गर्नु देशको आन्तरिक मामिलामा छिमेकीलाई अनाबश्यक घुसाउनु हो । यस भ्रमणको निम्तो दिने केपी ओलीका केही व्यक्तिगत फाइदा होलान , तर समग्रमा यसले देशको स्वतन्त्रता र सार्वभौमिकतामा  भारतीय प्रभावलाई फेरी निरान्तरता दिएको छ ।

 

भ्रमणमा बिसेष महत्व केपी ओली  र मधेसी दललाई दिनु बाट प्रस्ट हुन्छ कि भारत यहाँ भित्र केही खेल्दैछ ।

भ्रमणका दिर्घकालिन आयाम बाहेक तत्कालका लागि सरकार बन्नु अघि नै यो भेटघाटले राजनैतिक उथलपुथल ल्याउन सक्छ।

सर्बप्रथम त भारत बिरोधि कहलिएका ओलीलाई प्रयोग गरेर नै हाल भैरहेको बाम गठबन्धन र सम्भ्वावित एमाले-माओबादी पार्टी एकीकरण नै धरापमा पर्ने जोखिम छ ।

 

आगामी संसदको अंक गणित हेर्दा माओबादी बिनै एमाले र मधेसी दलको गठबन्धन सरकार सम्भव छ ।संबिधान संसोधनको बटमलाइन लिएर बसेको मधेसी दल भारतको सानो इसारामा एमाले संग सरकारमा सहभागी हुन सक्छ। यो स्थितिमा एमाले संग पार्टी एकीकरण पश्चात आफुले अध्यक्ष पाउनु पर्ने बताउदै आएका प्रचण्डको भूमिका गौण बन्नेछ । निसर्त सरकारमा सहभागी नहुने हो भने माओबादी र प्रचण्डको भूमिका एमालेलाई आवश्यक पर्ने छैन। बाम गठबन्धनको त्यही अवशान हुनेछ।

 

राजनीतिका चतुर खेलाडी प्रचन्डले यसलाई नजरअन्दाज गर्ने कुरै भएन। त्यस बखत बाम गठबन्धन तोडेको आरोप ओलीलाई लगाउदै प्रचन्डले कांग्रेस र मधेसी दल संग गठबन्धन गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने संभवाना पनि बलियै छ ।

 

अर्को सम्भावना भनेको हालको जनमतलाई कदर गर्दै  संबिधान संसोधन प्रयास गर्ने हल्का प्रतिबध्दता लिएर २ बर्ष सम्म एमाले-मधेसीको संयुक्त सरकार बन्न सक्छ ।तर २ बर्ष पछि संबिधान संसोधन नगरेको आरोप लगाउदै कांग्रेस एमाले संग मिलेर मधेसी दलले नयाँ सरकार गठन गर्न सक्छ। त्यो स्थितिमा उपेन्द्र यादव या अन्य मधेसी नेता प्रधानमन्त्रि बन्ने संभावना रहन्छ।

 

आफ्नो हातबाट सत्ता जाने निश्चित देखेपछि एमालेले तत्काल मधेसी दललाई नै प्रधानमन्त्री सुम्पेर सरकारमा आफ्नो सहभागितालाई निरन्तरता दिन पनि सक्छ ।

 

यी सम्पूर्ण संभावनाका खेलहरु जनमतको बिपरित रहने भएकोले हाल बाम गठबन्धनकै सरकार गठन गरेर कांग्रेसले ५ बर्ष जिम्मेवार प्रतिपक्षको भूमिका निभाउनुनै देश र जनताको हितमा हुनेछ र नेपालको आन्तरिक मामिलामा पटक पटक खेल्ने छिमेकीले नयाँ पाठ सिक्दै आगामी दिनमा आफ्नो बाटो बदल्नेछ ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI