तारेखमा छुटे डा गोविन्द केसी, प्रधानन्यायाधीशसँग मागियो सर्टिफिकेट र नागरिकता

काठमाडौं: डा गोविन्द केसी तारेखमा छुटेका छन्। अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा उनलाई तारेखमा छाडेको हो।

आज न्यायाधीसद्वय पुरुषोत्त भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीलाई तारेखमा छोड्न आदेश दिएको हो।

साथै सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीको मुद्दामा सुनुवाई गर्दै प्रधान न्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक योग्यता सहित न्याय परिषदले उनको नियुक्ति गर्दाको निर्णयसमेत पेश गर्न निर्देशन दिएको छ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI