नेपाल प्रहरीले म्यादी प्रहरीलाई गोली हानी मारेपछि स्थिति तनावग्रस्त

कालिकोट — म्यादी प्रहरीले सेवासुविधा कम भएको भन्दै जिल्ला प्रहरीविरुद्ध आन्दोलन गरेपछि गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रासकोट नगरपालिका-२ का २१ वर्षीय म्यादी प्रहरी विवेक ऐडी रहेका छन् ।

जिल्ला प्रहरीले विभिन्न शीर्षकमा बैंक खातामार्फत् ५५ दिनको ५८ हजार तलब दिइएकोमा म्यादीले चित्त नबुझेको भन्दै आन्दोलन गरेका हुन्। शुक्रबार बिदाइ गर्नुअघि जिप्रकाले सेवासुविधा सम्बन्धी जानकारी गराएपछि रकम कम भएको भन्दै उनीहरु नाराबाजीसहित आन्दोलनमा उत्रेका थिए। उनीहरुले प्रहरी कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाउँदा ऐेडीको टाउकोमा लागेर मृत्यु हुन पुगेको छ।

ऐडीको मृत्यु भएपछि जिल्ला सदरमुकाम मान्मास्थित प्रतिमा चोक र जिरो पोइन्टको प्रहरी विट भत्काइदिएका छन्।

ऐडीको मृत्यु भएपछि सदरमुकाम मान्मास्थित प्रतिमा चोक र जिरो पोइन्टको प्रहरी विट भत्काइदिएका छन् । अहिले स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए ।

जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नै गोली लागेर ढलेका बिबेकलाई आधा घण्टासम्म कसैले पनि उठाउने सहास गरेन । पछि उनलाई पत्रकार नागरिक समाजका अगुवा र उद्योग वाणिज्य संघका पदाधिकारीको पहलमा जिल्ला अस्पताल र्पुयाइएको थियो ।

अस्पताल लैजादै गर्दा ऐडीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल कालीकोटका डाक्टर सुभास शर्माले जानकारी दिए ।

म्यादी प्रहरी विवेक ऐडीको मृत्युपछि आक्रोशित बनेका म्यादी र स्थानीयले कालीकोट सदरमुकामको प्रतिमाचोकमा रहेको प्रहरी बिट र जिरो प्वाइन्टमा रहेको प्रहरी बिटमा तोडफोड गरी आगजनी गरिदिएका छन् ।यता प्रहरीले भने बाध्य भएर गोली चलाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी सुभास चन्द बोहोराले कार्यालयमै आक्रमण गरेपछि बाध्य भएर गोली चलाएको बताए । उनले म्यादीको पैसा जिप्रकाबाट नकाटिएको समेत दावी गरे ।

स्थिति नियन्त्रणमा लिनका लागी प्रहरीले गोली समेत चलाएको छ । तर, कालीकोटका प्रमुख डीएसपी सुभास चन्द बोहोरले ताकेर गोली नहानेपनि हवाई फायर मात्र भएको दाबी गरेका छन् ।‘गोली चलेको छैन, हवाई फायर मात्र भएको हो’ जनता टाइम्ससँग कुरा गर्दै उनले भने, ‘झडपका क्रममा ढुंगाले लागेर विकेक ऐडीको मृत्यु भएको छ उनी म्यादी प्रहरी या सर्वसाधारण के हुन भन्नेबारे खुलेको छैन ।’

‘अरु जिल्लामा बढी पैसा दिएको भनेर कसले हल्ला फिजाएछ’ जिप्रअ बोहोरले भने, ‘त्यसअघि केही गुनासो आएन, गुनासो आएको भए छानविन गरेर निष्कर्ष निकाल्थ्यौं ।’एक्कासी म्यादी प्रहरीले आफ्नो कार्यालय घेरेपछि प्रहरीले लाठी, अश्रुग्याँस र गोली प्रहार गरेको थियो । घटनास्थलमा एक जनाको मृत्यु भएसँगै अहिले म्यादी प्रहरीहरुले शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI