एमाले र कांग्रेस दुवैले भनेको चुनावी प्रणाली संबैधानिकनै हुन् -हिसाब फाइदाको मात्र हो

मङ्सिर १० र २१ गरी दुइ चरणमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको  निर्वाचन परिणाम आइसकेको छ ।अझै पनि समानुपातिक तर्फको नतिजा भने निर्वाचन आयोगले प्रकाशित गरेको छैन ।

संबिधान अनुसार संघीय संसदमा ३३ प्रतिशत महिला पुर्याउनु पर्ने भएकोले रास्ट्रिय सभाको निर्वाचन नभई अन्तिम नतिजा निकाल्न नसकिने आयोगको भनाई छ ।

प्रतिनिधि सभाको प्रत्यक्ष  र रास्ट्रिय सभाको नतिजा हेरेर त्यस बाट नपुग महिलाको संख्या समानुपातिक बाट पुरा गर्नु पर्ने भएकोले रास्ट्रिय सभाको निर्वाचन कुर्नु परेको हो ।तर रास्ट्रिय सभाको  निर्वाचन अध्यादेश बिधेयक नै रास्ट्रपतिबाट प्रमाणित हुन नसकेकोले रास्ट्रिय सभा निर्वाचन हुन सकेको छैन ।

गत कार्तिक १ गते नै सरकारले पेश गरेको बिधेयक रास्ट्रपति कार्यालयले थप बुझ्नको लागि रोकेर राखेको हो ।

एमालेको भनाइमा उक्त बिधेयक असंबैधानिक छ र  पास हुनु हुँदैन। यस कारण एमालेले रास्ट्रपतिलाई उक्त बिधेयक पास नगर्न माग राख्दै आएको छ ।उता कांग्रेस भने उक्त बिधेयक यथासिघ्र पास गर्न माग गर्दै आएको छ।

आखिर उक्त बिधेयक किन कसैका लागि संबैधानिक कसैका लागि असंबैधानिक भयो त ?

कांग्रेसले पेश गरेको बिधेयक एकल संक्रमणीय प्रणाली अन्तर्गत रास्ट्रिय सभाको चुनाव हो भने एमाले भने उक्त प्रणाली लाई असंबैधानिक भन्दै बहुमतीय प्रणाली हुनु पर्ने अडान मा छ ।

के एकल संक्रमणीय प्रणाली असंबैधानिक हो त ?

होइन यो समानुपातिक प्रणालीको एउटा रुप हो । नेपालको संविधानले प्रत्यक्ष र समानुपातिक प्रणाली द्वारा संसद्को परिकल्पना गरेकोले यो प्रणाली संबैधानिक नै हो ।

यसो भए लफडा किन त ?

बहुमतीय प्रणाली अन्तर्गत रास्ट्रिय सभाको चुनाव भए २ बाहेक सबै प्रदेशमा बाम गठबन्धनको सिट आउनेछ भने कांग्रेस सम्भवत निल हुनेछ ।तर एकल संक्रमणीय प्रणाली रास्ट्रपति बाट पास भए कांग्रेस ले रास्ट्रिय सभामा ७-८ सिट जित्ने संभवाना हुन्छ।

निकाश के हो त ?

हाल देखिएको विवाद सतही रुपमा विधेयकको पक्ष बिपक्षमा भए पनि भित्रि चुरो भने अर्कै छ।

पार्टी एकीकरण सम्मको योजना प्रस्तुत गरेर चुनावमा होमिएको बाम गठबन्धनले बहुमत प्राप्त गरिसकेको छ ।तर माओबादी र एमालेका बिभिन्न नेताहरु पार्टी एकीकरणमा खासै इच्छुक देखिएका छैनन ।मुख्यत पार्टी एकीकरण पछि पार्टीको अध्यक्ष प्रचन्डलाई दिनु पर्ने कुरामा एमाले नेता हरु सहमत छैनन। सोहि बिषयको निर्क्योल नहुन्जेल कांग्रेस पार्टी सभापति शेर बहादुर देउबा लाई प्रचण्डले  प्रतिक्षा सूचिका राखेका हुन् ।

एमालेले अध्यक्ष दिन नमानेको खण्डमा कांग्रेस र मधेसी दल संग मिलेर सरकार बनाउने र आफु ५ बर्ष सम्म प्रधानमन्त्री बन्ने प्रचण्डको दोश्रो योजना रहेको बुझ्न कुनै गाह्रो छैन ।

अबको निकाश भनेको प्रचन्डलाई एकीकृत पार्टीमा सम्मानजनक स्थान दिने र रास्ट्रिय सभामा पनि कांग्रेसलाई केहि स्थानको सुनिश्चिता दिलाउने नै देखिन्छ ।अन्यथा अहिलेको काग्रेस र एमालेको  दोहोरो अडान नफेरिने हो भने माघ २४ मा अन्त हुने संक्रमणकालीन ब्यबथा पछिको अन्यौल अकल्पनीय नै हुनेछ ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI