नौ घण्टापछि ग्याँस उद्योगको आगो नियन्त्रणमा

वीरगन्ज।  सुपर ग्याँस  उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा आएको छ । वीरगन्ज उपमहानगरपालिकाको वाड नं. २३ सुगौलि विर्तामा रहेको सुपर ग्याँसमा बुधवार विहान  ६ बजेदेखी लागेको आगो अपराह्न्न २ बजेपछि नियन्त्रणमा आएको हो ।

स्थानिय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपालको विभिन्न जिल्ला तथा सिमावर्ती भारतीय सहर रक्सौलबाट आएका बारुणयन्त्रको सहयोगमा आगोलाई  नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले जानकारी दिए ।

उनले आगो निभाउने सिलिन्डर (फएर इङ्गस्टमिशन) को सहयोगमा स्थानिय बासिन्दाले उद्योग भित्रर रहेका ग्याँस बुलेटको आगो निभएपछि बाकि स्थानमा लागेको आगोलाई बाराको अमलेखगंज तथा रक्सौलबाट आएका रसायण युक्त बारुणयन्त्रको सहयोगमा स्थानियत र सुरक्षाकर्मीहरुले  नियन्त्रमा लिएको बताए ।

ग्याँस उद्योग नजिकैको  खेतमबाट  दुई व्यक्तिको शव फेलापरेको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी सिंहले मृतकको परिचय हाल एकिन हुन नसेको बताए । उनले वीरगन्ज महानगरपालिकाको बारुणयन्त्रका दुई जना कर्मचारी सम्पर्क विहिन भएपनि मृतक उनिनै भएको एकिन साथ भन्न नसकिने जानकारी दिए ।

आगलागिबाट उद्योगमा भएको क्षतीको विवरण हाल एकिन गर्न नसकिएको स्थानिय प्रशासनले जनाएको छ ।
उद्योगका लागि भारतबाट आयात गरिएको खाना पकाउने  एल.पि.जी ग्याँस अन्लोड गर्ने क्रममा ग्याँस लिक भएको र सोही ग्याँसलाई नियन्त्रण गर्न घटनास्थल पुगेको बारुण यन्त्रको इन्जीनबाट आगो सल्की आगलागी भएको प्रारम्भिक अनुशन्धानबाट देखिएको स्थानिय प्रशासनले जनाएको छ ।

आगो निभाउन पुगेको बारुयन्त्रका  अगनी नियन्त्रक मधुसुधन मिश्र र यादव प्रसाद अधिकारी सम्पर्क विहिन रहेका छन भने उक्त घण्टामा परि बारुणयन्त्रका चालक अरुण कुमार  महतो र अगनी नियन्त्रक संजिव नेपाल गम्भिर घाइते भएको  प्रहरीले जनाएको छ ।

घाइते दुवै जनालाई नेपाली सेनाको हेलिकप्टरले थप उपचारको लागि काठमाण्डौको विर अस्पतालको ट्रोमा सेन्टर लगिएको प्रहरीले बताएको छ ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI