निर्वाचनको प्रभाव – अब स्थायी सरकार बन्ने आशमा १९ अंकले बढ्यो नेप्से

२४ मंसिर, काठमाडौं । दोस्रो चरणमा भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको प्रभाव नेप्सेमा बेजोडसँग परेको छ । कारोबार सुरु भएको १० मिनेटमा नै नेप्से १५ अंक (१ प्रतिशत)ले उक्लिएको छ ।

पाँच वर्षसम्म स्थिर सरकारको सम्भावना बढेपछि बजारमा सुधार आएको हो । लामो अवधिदेखि स्थिर देखिदै आएको नेप्से महिनादिन यता उच्च अंकले घटबढ हुँदै आएको छ ।

महिना दिनअघि बाम गठबन्धनसँगै डराएर घटेको भनिएको बजार त्यसपछि कुनै दिन दोहोरो अंकमा र त्यही दरमा समेत घट्दै आएको थियो ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI