काठमाडौंमा यसपाली भीमसेनले झक्कुलाई हराए

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेस विजयी भएको छ ।

उनले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदीलाई पराजित गरेका हुन् । मत गणना अनुसार कांग्रेसका भीमसेनदास प्रधानले १६ हजार ७८५ मत पाए भने झक्कु सुबेदीले १५ हजार ४८५ मत पाएका थिए ।

२०६४ को पहिलो संविधानसभाको निर्वाचनमा काठमाडौं २ बाट तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई हराउँदै निर्वाचित झक्कु यसपटक पनि काठमाडौं ६ बाट उम्मेदवार बनेका थिए एमाले र माओवादी केन्द्रबीच भएको वाम तालमेलपछि उक्त क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि साझा उम्मेदवार झक्कु सुबेदीलाई कांग्रेसका भीमसेनदास प्रधानले हराइदिएका हुन् ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI