सर्वाधिक मतान्तरले जित्ने धादिङका भूमिप्रसादको रेकर्ड दोलखाका पार्वत गुरुङले तोडे

काठमाडौं। सबैभन्दा फराकिलो मत अन्तरले जित्ने धादिङ १ का भूमिप्रसाद त्रिपाठीको रेकर्ड तोडिएको छ । भूमिप्रसादले २७ हजार १ सय ५३ मत अन्तरले आफ्नो विपक्षीलाई पराजित गर्दै सबैभन्दा ठूलो मत अन्तरको रेकर्ड बनाएका थिए ।

भूमिप्रसादले कूल ४९ हजार १ सय २१ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसाद अर्याललय २१ हजार ९ सय ६८ मत ल्याएका थिए । भूमिप्रसादको यो रेकर्ड दोलखाका पार्वत गुरुङले तोडेका हुन् । गुरुङले प्रतिद्वन्द्वीभन्दा ३० हजार ६ सय ४४ मत बढी पाएका छन् । उनले ५५ हजार ४ सय ५७ मत ल्याएका छन् ।

निकटमत् प्रतिद्धन्दी नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २४ हजार ८ सय १३ मत ल्याए । उक्त निर्वाचन क्षेत्रमा ८७ हजार चार सय ९८ मत खसेको थियो । प्रतिनिधिसभाको हालै सम्पन्न निर्वाचनको मतगणनामा यतिधेरै मतान्तर अन्यत्रको निर्वाचन क्षेत्रमा भएको छैन् ।

को हुन् पार्वत गुरुङ ?
गुरुङको जन्म विक्रम संम्वत २०२५ सालमा दुर्गम क्षेत्र दोलखा सुरीमा भएको थियो । उनकै छिमेकी गाउँका खड्कासँग निर्वाचन लड्दा यतिधेरै मत अन्तर हुनुमा एमालेको व्यवस्थित संगठन, बामगठबन्धनको प्रभाव र उनको व्यक्तिगत लोकिप्रियतालाई लिइएको छ ।

मकरध्वज गुरुङ र आमा जीतमाया गुरुङबाट जन्मिएका उनले २०३७ सालदेखि राजनीति सुरु गरेका हुन् । २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएपछि दोलखामा उनको लोकप्रियता चुलिएको थियो । व्यक्तिगत असल स्वभाव, काम गर्ने शैली र दोलखामा एमाले पार्टी कमजोर बन्दै गएको बेला अध्यक्षको जिम्मेवारी संहालेर संगठन उचो बनाएको भन्दै उनलाई मन पराउनेहरु धेरै छन् ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI