धादिङको प्रदेश सभामा बाम गठबन्धनका सिम्खडा र पाण्डे विजयी

धादिङ, मंसिर २२

धादिङको प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । धादिङको क्षेत्र २ को प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार जगत सिम्खडा विजयी भएका छन् ।

जगतले १७ हजार ६ सय ५ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धीमा लोकतान्त्रिक गठबन्धन अन्र्तगत राप्रपाका डम्बर तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन् । तामाङको भन्दा सिम्खडाले १८ सय ३१ मत बढी ल्याएका छन् भने उनको क्षेत्रमा २२ सय २८ मत बदर भएको थियो ।

त्यस्तै क्षेत्र नं १ अन्तरगत प्रदेश सभा क मा पनि नेकपा एमालेका उम्मेद्वार राजेन्द्र पाण्डे विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ९६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले २७ हजार ३ सय ३१ मत ल्याएका थिए भने श्रेष्ठले १३ हजार ६ सय ३५ मत पाएका छन् ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI