गगन थापा र राजन भट्टराईबीच कडा प्रतिष्पर्धा, कहिले राजन अगाडी कहिले गगन

काठमाडौं । काठमाडौँ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र एमालेका उम्मेदवार डा राजन भट्टराईबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

सुरुमा राजनले अग्रता लिएर केहि समय गगनले अग्रता लिएपनि फेरी अहिले राजन अगाडी आएका छन् ।

मतगणनाको प्रारम्भदेखि नै निकै प्रतिस्पर्धा रहेको यस क्षेत्रमा राजनले गगनलाई ३६ मतले पछाडि पारेका छन् ।

यस क्षेत्रमा अहिलेसम्म १०९०१ मतगणना सकिएको छ । जसमा राजनले ५०६३ मतसहित अग्रता कायमै राखेका छन् भने उनलार्इ पछ्याइरहेका कांग्रेसका उम्मेदवार गगनले ५०२७ मत प्राप्त गरेका छन् ।

त्यस्तै विवेकशिल साझा पार्टीका तर्फबाट उम्मेदवार बनेकी सुबुना बस्नेतले २८६ मत ल्याएकी छिन्।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI