“मेक इन नेपाल अभियान शुरु गरौँ” -गगन थापाको नयाँ अवधारणा

आज दिउसो काठमाडौँको  चपलीमा बम आक्रमणमा परि घाइते भएका नेपाली कांग्रेसका युवा नेता अस्पतालबाट डिस्चार्ज भई  काठमाडौँ  ४   मा आयोजित चुनावी कोण सभामा सरिक भएका छन  ।

सभामा थापाले आफुले बिगतको सरकारमा रहेर गरेका कार्यहरु र आगामी संसदमा चुनिएर आए गर्न सक्ने कार्य योजनाहरु बारे बताए  ।

यस मध्य उनले एउटा  बिल्कुलै नयाँ योजना सार्बजनिक गरेका छन  ।

उनले चिनिया र भारतीय लगायत अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आकर्षित गर्न भारतमा मोदीले शुरु गरे जस्तै “मेक इन नेपाल ” को अवधारणा लागु गर्नु पर्ने बताए  ।

 

नेपालमा पनि आबश्यक कानुन निर्माण र पूर्वाधार निर्माण गरी मेक इन नेपाल अवधारणा शुरु गर्न सके संसार भरिका लगानी कर्ता हरुले आफ्नो सामान नेपालमा उत्पादन गर्न आउने हुनाले बिसौ लाख जनताले एकै पटक रोजगारी पाउने उनले बताए  ।

मङ्सिर २१ मा हुने दोश्रो चरणको आम निर्वाचनको अन्तिम प्रचार प्रसारको दिन आजै सकिदैछ  ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI