रबिन्द्र मिश्रले गगन थापामाथि भएको बम आक्रमणकारीलाई किन काँतर भने ?

काठमाडौं, १८मंसिर । चुनावी प्रचारप्रसारमा रहेका पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेसका युवा नेतासहित ११ जनामाथि काठमाडौं बम आक्रमण गरिएको छ । घाइतेमध्ये थापासहित सात जनाको अवस्था सामान्य छ भने चार जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका थापासहितको समूहमाथिको आक्रमणले राजधानीकै सुरक्षा व्यवस्था फितलो भएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना सुरु भएको छ । त्यस्तै विभिन्न दलका नेताहरुले पनि थापामाथिको आक्रमणको निन्दा गरेका छन् ।

विवेकशील साझा पार्टीका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले आक्रमणको निन्दा गर्दै आक्रमणकारीहरुलाई कारबाही गर्न माग गर्नुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘काँतरहरुले संसारमा सधैँ कहिल्यै पनि जित्न सक्दैनन् । गगन थापालाई आक्रमण गर्ने काँतरहरुमाथि कडा कारबाही होस् ।’


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI