कांग्रेस नेता गगन थापा माथि बम प्रहार १० कदम पछाडी भएको भए जेपनि हुन सक्थ्यो

काठमाडौं: काठमाडौं क्षेत्र नम्बर चारका प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार गगन थापा बमको छर्रा लागेर घाइते भएका छन्।

चुनाव प्रचारप्रसारका लागि चपली पुगेका थापालाई लक्षित गरी राखिएको बम विस्फोट हुँदा उनी घाइते भएका हुन् । थापालाई उपचारका लागि त्रिभुवन विश्वविद्याय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनका सहयोगी जीवन भण्डारीले जानकारी दिएका छन्।

विस्फोटमा परी एघार जना घाइते भएका छन्। घाइते सबैकाे शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ।

काठमाडौं : छिटो गतिमा हिँडेका कारणमात्र आफू बचेको गगन थापाले बताएका छन्। नेपाली कांग्रेसका युवा नेता थापामाथि आज वम आक्रमण भएको हो। ‘भोट माग्न धेरैतिर भ्याउनुपर्ने भएकाले हतारमा छिटो हिँडेको थिएँ, थोरैमात्र गति रोकिएको भए जे पनि हुनसक्थ्यो,’ थापाले घटनापछि पहिलोपोस्टलाई प्रतिक्रिया दिँदै भने, ‘विस्फोट समय निर्धारण गरेर नै भएको हो।’

आज मध्यरातबाट मौन अवधि सुरु हुने भएकाले घरदैलो सक्नुपर्ने चटारो नेताहरुसँग छ। त्यसैले हिजैदेखि गगन म्याराथन शैलीमा चुनावी प्रचारमा थिए।

काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार गगन थापा विस्फोटबाट पूरै भने बच्न सकेनन्। उनको कान र ढाडमा चोट लागेको छ। ‘१० पाइलाजति पछाडि विस्फोट भएकाले बचेँ,’ उनले भने। घटना लगत्तै थापालाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थापा घाइते भएका अन्यलाई भेट्न पुगेका थिए। विस्फोटमा परी दुई जना गम्भीर घाइते भएका छन्।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI