कतारमा तलब नपाएर अलपत्र बनेकी खोटाङकी एक युवतीलाई स्वदेश फिर्ता

खोटाङ, मंसिर १८ – कतारमा तलब नपाउँदा अलपत्र बनेकी खोटाङकी एक युवतीलाई स्वदेश फर्काइएको छ ।

कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपीलासगढी गाउँपालिका–३ बासपानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो । निरन्तर काम गरे पनि कम्पनीले चार महिनादेखि तलव नदिएपछि अलपत्र बनेकी राईलाई एकतर्फी हवाई टिकट उपलव्ध गराएर स्वदेश फकाईएको हो ।

पाउनुपर्ने बाँकी तलवका लागि पटक पटक माग राखे पनि कम्पनी मालिकले वास्ता नगरेपछि श्रम अदालतमा उजुरी दिँदा पनि कम्पनी मालिक सम्पर्कविहिन बनेपछि राई बिचल्लीमा परेकी थिइन् ।

कम्पनीबाट लामो समयसम्म तलव नपाउँदा समस्यामा परेपछि उनले सहयोगका लागि खोटाङ सेवा समाज समक्ष सहयोगका लागि मौखिक आग्रह गरेकी थिइन् । राई २७ महिना अघि कतार पुगेकी थिइन् ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI