धादिङमा ट्रिपर दुर्घटना, उपचारका लागि काठमाडौंं लैजादै गर्दा एकको मृत्यु

धादिङ,   मंसिर १८ – धादिङको धुनिबेसी नगरपालिका वडा नं। ६ चालिसेमा सोमबार बिहान भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ ।

बैरेनीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ७४०७ नम्बरको ट्रिपर  पल्टिँदा गल्छि गाउँपालिका वडा नं ६ बैरनी का २८ वर्षका सहचालक राजेश बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक ध्रुबराज राउतले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बिकको उपचारका लागि काठमाडौंं लैजादै गर्दा ज्यान गएको हो । चितवनको खुरखुरे ११ का ट्रिपरका चालक ३५ वर्षका राजेश लामा सामान्य घाइते भएका छन्।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI