विदेशमा समेत छायांकन भएको लिलिबिली को प्रदर्शन मिति तय भो

काठमाडौं, १७ मंसिर – बेलायतका शहरहरुमा समेत छायांकन गरिएको  बहुप्रतिक्षित नेपाली चलचित्र ‘लिलिबिली’ को प्रदर्शन मिति तय गरिएको छ । चैत ३० लाई तय गरिएको फिल्मको मिति अलमलमा भने थियो । अहिले भने सिनेमाका निर्माता गोविन्द शाहीले उही मितिमा फिल्म रिलिज गर्न लागिएको जानकारी दिए ।

चलचित्र लिलिबिलीको लगभग ५५ प्रतिशत काम सकिएको र विदेशको छायांकन लगभग सकिएको स्रोतले बताएको छ । चलचित्रमा अभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहनेछ

भने प्रियंका कार्की, अनुपविक्रम शाही लगायतका कलाकारको अभिनय  पनि देख्न पाइने छ । फिल्ममा निर्देशक मिलन चाम्स, सुदीप खड्का र गोविन्द शाहीको लगानी रहेको छ ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI