हत्या गर्ने प्लान मेरो, एक्सन चाहि लोप्साङ को – गुण्डा नाइके समीरमानको बयान [video]

काठमाडौं : ‘गौचन हत्या र दावा लामालाई गोली मेरो योजनामा भएको हो। सम्पूर्ण टिममा खटिने व्यवस्था लोप्साङ लामाले गरेको हो। मनोज पुनसँग दुर्गा तिवारीको हत्यापछि अलग भइसकेका छौं। हामीसँग छैन ऊ।’

शनिवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन र नेकपा एमालेको युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्या अभियोगमा प्रकाउ गरेका ३४ वर्षीय समिरमान सिंह बस्नेतले प्रहरीमा दिएको बयान हो यो।
केन्द्रीय अनुसन्धान व्युरोले आइतवार पत्रकार सम्मेलनमा समिरमानको बयान अडियो सार्वजनिक गर्यो।

समिरमानले गत असोज २३ गते नयाँ बानेश्वरको प्रयागमार्गमा व्यवसायी शरदकुमार गौचन र २०७३ साल पुस ४ गते रुपन्देही देवदह नगरपालिका खैरहनीमा एमालेको भातृ संगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मेवारी लिएको आइतवार आयोजित पत्रकार सम्मेलनमा डिआइजी पुष्कर कार्कीले बताए।

समिरले गौचन र तिवारीको हत्या मात्र होइन। गत चैत २९ गते गुह्येश्वरी फाँटमा दावा लामालाई गोली हानेको समेत प्रहरी समक्ष स्वीकार गरेको कार्कीले बताए।

प्रहरीको अनुसन्धान र समिरको बयान अनुसार गौचनको हत्या योजना समिरमानले बनाएको र लोप्साङले कार्यान्वयनमा मुख्य भूमिका खेलको देखिन्छ। विगत साढे दुई वर्षदेखि समिर देशबाहिर बसेर नेपालभित्र आपराधिक गतिविधि गर्दै आएको प्रहरीको दावी छ।
समिरमान बस्नेत र मनोज पुन एउटै समूह बनाएर नेपालमा आपराधिक गतिविधि गरेको भनिए पनि समिरले भने आर्थिक विवादका कारण पुनसँगको सम्बन्ध टुटिसकेको दावी गरेका छन्। पुन दुर्गा तिवारीको हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा छन्।

समिरमान बस्नेतले विदेशमा नै बसेर अपराधिक गतिविधि गर्ने र ती गतिविधिलाई लुकाउन प्रहरीदेखि राजतिक दलसम्मको सेटिङ मिलाउने गरेको देखिएको छ।

व्यूरोका प्रमुख डिआइजी पुस्कर कार्कीले भने, ‘गुन्डा संरक्षण नेटवर्क बनाउन समिरले प्रहरी, वकिलदेखि राजनीतिक दलका नेतासम्म सम्पर्क बढाएको देखियो।’

डिआइजी कार्कीले समिरलाई सहयोग गर्नेहरुको पनि अनुसन्धान भइरहेको बताए।

हत्या भएको स्थान

समिरमानले कुनै पनि अपराधिक समुहसँग काम नहुन्जेल सम्बन्ध राख्ने र त्यसपछि छुट्ने गरेको देखिएको छ। पुनसँगको सम्बन्ध पनि कमिसनमा विवाद बढेपछि छुटेको प्रहरीले जनाएको छ।

निर्माण व्यावसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मूख्य योजनाकार समीरमान सिंह बस्न्यातलाई प्रहरीले पक्राउ गर्दै उनका आपराधिक गतिविधी बारे पनि जानकारी गराएको छ ।

शनिबार चितवनको नारायणगढबाट पक्राउ परेका ३४ वर्षिय बस्न्यातलाई केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीले आइतबार काठमाडौंमा सार्वजनिक गरेको हो ।

गौचनको गत असोज २३ गते नयाँ बानेश्वरको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो ।

काठमाडौंको बाफल स्थायी घर भएका बस्न्यात साढे २ वर्षदेखि नेपाल बाहिर बसेर नेपालमा विभिन्न अपराधिक कार्यहरु गराउँदै आएको आरोप प्रहरीले लगाएको छ ।

निर्माण व्यवसायी शरद गौचन

बस्न्यातको समूहले गौचनको हत्या गर्नुमा उनीहरुबीचको लेनदेन विवाद उत्कर्षमा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

साढे दुई बर्षअघि प्रहरीको गोलीबाट मारिएका गुण्डा नाइके कुमार घैंटेको मूख्य लगानी रहेको गजुरमुखी कन्स्ट्रक्सनले गौचनको निर्माण कम्पनी डाँफे कन्स्ट्रक्सनको शेयर लिन भनी साढे दुई करोड रुपैयाँ गौचनलाई दिएको प्रहरीले जनाएको छ ।

बस्न्यातले उक्त रकम मध्ये १ करोड आप्mनो भएको भन्दै साढे दुई करोड बराबरको शेयर नै दिन अथवा एक करोड रुपैयाँ फिर्ता गर्न गौचनलाई दबाव दिंदै आएको पनि प्रहरीले जनाएको छ ।

त्यस्तै वीरगञ्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको २ प्रतिशत कमिसन मागेको र गौचनले त्यसमा वेवास्ता गरेपछि उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ ।

गौचन हत्यामा १५ जना संलग्न रहेको र ती मध्ये बस्नेतसहित ८ जना पक्राउ परेको तथा ७ जना अभैm फरार रहेको पनि प्रहरीले जनाएको छ ।

गत चैत २९ गते काठमाडौंको गौरीघाटमा दावा लामाथि गोली हान्ने पनि यही समूह भएको प्रहरीले जनाएको छ ।

त्यस्तै ०७३ साल पुस ४ गते युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गोली हान्ने घटनाको मूख्य योजनाकार पनि बस्न्यात नै भएको समेत प्रहरीको दाबी छ ।

उक्त घटनाको जिम्मा मनोज पुनले लिएपनि योजनाकार बस्न्यात नै रहेको तथा गोली हान्ने ब्यक्ति लोप्साङ लामा भएको सीआइबीले जनाएको छ ।

बस्न्यात पक्राउ परेपछि मनोज पुन र लामाबीच फाटो आएको समेत प्रहरीको दाबी रहेको छ ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI