आज राति विचित्रले मोटरसाइकल जांच गर्दा प्रहरी पर्यो चकित

काठमाडौँ । गएराति काठमाडौँको रानीबारीस्थित रेडन पुलनजिकै मोटरसाइकमा सवार व्यक्तिको झोला जाँच गर्दा प्रहरी चकित बनेको छ। महानगरीय प्रहरी बिट रानीबारीले मोटरसाइकलमा सवार व्यक्तिको झोला जाँच गर्दा स्रोत खुल्न नसकेको १४ लाख रकम फेला पारेको हो।

विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले राति रेडन पुलनजिक जाँचका क्रममा बा६४प ५१८९ नंको मोटरसाइकलमा सवार धादिङ घर भएका किरण भट्टराई र सागर लम्साललाई रकम सहित पक्राउ गरेको हो। अभियुक्त दुवै जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ।

वृत्तका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले स्रोत नखुलेको हुण्डीको हुन सक्ने ठूलो परिणाममा रकम फेला पारिएको बताए। उनका अनुसार के प्रयोजनका लागि रकम ओसारपसार भइरहेको छ भन्नेबारे अनुसन्धान भइरहेको छ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI