युवतीहरुले यसरी देखाए कन्डम फेशन शो

काठमाडौं मंसिर १५ – ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ ३० औँ विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो । २०२० सम्म ९० प्रतिशत एचआइभी संक्रमितलाई उपचारमा पहुँच पुर्‍याउने सरकारको प्रतिवद्धता छ ।

सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनले विश्वमा सन् २०३० सम्ममा एचआइभी÷एड्सको महामारी अन्त्य गर्ने दिगो विकासको लक्ष्य लिएको छ ।

विश्वमा एचआइभी संक्रमण बढी हुनुमा सुरक्षित यौन सम्पर्क नहुनुलाई पनि एक कारणका रुपमा लिने गरिन्छ । ३०औँ विश्व एड्स दिवसको अवसरमा काठमाडौंमा ‘वि फर चेन्ज’ नामक संस्थाले कन्डम फेसन शो कार्यक्रमको आयोजना गरिएको थियो । पछिल्लो समय कन्डमको प्रयोग घटेको भन्दै जनचेतनाका लागि फेसन शो कार्यक्रमको आयोजना गरिएको थियो ।

कन्डमको प्रयोगले एचआईभीको संक्रमणलाई रोक्न सकिन्छ भन्ने सन्देश दिन मोडेलहरु कन्डमले सजिएका पहिरन लगाएर क्याटवाकमा उत्रिएका थिए । अहिले पनि युवा पुस्ताले कन्डमको प्रयोग गर्ने कुरामा लाज मान्ने गरेको बताउँदै संस्थाले जनचेतनाका लागि कार्यक्रमको आयोजना गरेको बताएको छ ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI