बेहुलीले माला लगाइदिने बितिक्कै बेहुला भुईमा ढले, त्यसपछि भए संसारबाट बिदा

धुमधामसँग बिहे भइरहेको थियो । यही क्रममा बेहुलीले बेहुलालाई बरमाला लगाइदिइन् । यसपछि बेहुलाले बेहुलीलाई बरमाला लगाइदिने कार्यक्रम थियो । तर, बेहुलीले बरमाला लगाइदिनासाथ बेहुला भुइँमा ढले । उनलाई तत्काल अस्पताल लगियो । जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए ।

ती बेहुलाको मृत्यु हृदयाघातका कारण भएको डाक्टरले जनाएका छन् । भारतको पंजाब राज्य अन्तर्गत मोगा जिल्लाको परवानानगरमा २८ वर्षीय सौरभ खेडाको बिहे हुँदै थियो । बुधबार साँझ धुमधामसँग बिहेको कार्यक्रम चलिरहेको थियो । राती करिब १२ बजे बेहुलीले बेहुलालाई बरमाला लगाइदिइन् । त्यसपछि सौरभले बेहुलीलाई बरमाला लगाइदिनै लाग्दा अचानक उनलाई हृदयाघात भयो ।

उनलाई त्यहाँ उपस्थित इष्टमित्रले उनलाई उठाउने कोसिस गर्दा नउठेपछि उनलाई अस्पतालल लगिएको थियो । जहाँ उनलाई मृत घोषित गरियो । बाबुआमाका एक्ला छोरा सौरभले मोवाइल र स्टेशनरी पसल चलाउने बताइएको छ ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI