प्रचन्डलाई गिरिजाले अन्तिम घडीमा यसो भनेका रहेछन, भयो खुलासा – हेर्नुहोस भिडियोमा

देशको विकाश र सम्बृद्धिको लागी नेपाली कांग्रेस र माओवादी मिल्नपर्छ भन्ने एउटा ठूलो जमात हुँदाहुदै तपाईले अर्को कदम (बाम गठबन्धन) बनाउनु भयो किन ? हिमालय टिभीको कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलाले प्रचण्डलाई प्रश्न गरे।

धमलाले प्रश्नको उत्तर दिदै प्रचण्डले भने- केहि जनताहरु कांग्रेस- माओवादी मिल्नपर्छ भन्ने पक्षमा पनि थिए। तर यसको लागी कांग्रेस नै तयार देखिएन। कांग्रेसमा गम्भीरताको कमि र यो बिषयलाई उसले रणनैतिक रुपमा बुझ्न नसक्नु उसको कमजोरी र दिर्घकालीन रुपले कम्युनिस्ट र कांग्रेस नै मिल्नपर्थ्यो भन्नेको पक्षपाती म हुँ। यो देशको स्थिरता र बिकाशको लागी विचार मिल्नेहरु नै मिल्नपर्थ्यो। त्यसकारण म बाम गठबन्धनमा आएको हुँ।

चितवनमा कांग्रेस सँग प्रतिष्पर्धा गर्न पाएको भए आफू खुशी हुने थिए भन्दै प्रचण्डले चितवनमा कांग्रेस नै नभएको बताए। चितवन कांग्रेसका ईमान्दार, निष्ठावान कार्यकर्ताहरु धेरै चिन्तित छन्। बुढेशकालमा राप्रपालाई समर्थन गर्नपर्ने भन्दै उनीहरुलाई चित्त बुझेको छैन।

शान्ति सम्झौंताको हस्ताक्षरकर्ता स्व. गिरिजाप्रसाद कोइरालाले मृत्युशैया बाट शान्ति प्रकृया टुंगाउने देश सम्हाल्ने तपाईको जिम्मा भनेर जानुभएको छ। यो कुरा कांग्रेस र सबैलाई थाहा छ।

अस्ति भर्खर त हो, देउवाजीले मलाई राजनेता भनेर संसदको रोष्टम बाटै घोषणा गर्नुभएको।म एउटा राजनेता र शान्ति सम्झौताको हस्ताक्षरकर्ता चुनाब लड्दा भईहाल्यो यो पटक हामी उनैलाई समर्थन गर्छौ भनेको भए मैले मन्चबाटै शेरबहादुर देउवा पनि नेपालको राजनेता हुन् भन्थे नि ! कति राम्रो हुन्थ्यो।

कांग्रेसले भाच्चिएको हलो बोकेर हिडेको छ।चितवनमा हलोलाई भोट हाल्नपर्ने अवस्था कांग्रेसलाई मन परेको छैन,कांग्रेसका कार्यकर्ताहरु रुँदै हिडेका छन्।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI