युद्ध अपराधीले यसरी अदालतमै विष पिएपछि के भयो ?

पूर्वबोस्नियन राजनीतिज्ञ एवं सैन्य नेता स्लोबोदान प्राल्जाकलाई सन् २०१३ मा पूर्वी मोस्टारमा अपराध गरेको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको थियो ।

प्राल्जाकले यो फैसलाविरुद्ध अपिल गरेपछि बुधबार सुनुवाइ भएको थियो ।

अदालतले उनीविरुद्धको पूर्वनिर्णय कायम रहने बताएपछि उनले न्यायाधीशलाई आफूले विष पिएको सुनाएका थिए ।

यसलगत्तै अदालतको अगाडिको कारबाही स्थगित गरिएको थियो भने प्राल्जाकलाई अस्पताल लगिएको छ ।

त्यसपछि एम्बुलेन्स बोलाइएको थियो र नेदरल्याण्ड्सको हेगस्थित सो न्यायाधीकरणका सुरक्षागार्डले प्राल्याकको उपचार भइरहेको बताएका छन्।

सन् १९९० को दशकको शुरुवातमा भएको युद्धका क्रममा बोज्नियाली मुसलमानहरुको जातीय सफाया गरेको अभियोगहरुसहित अन्य अपराधका लागि दोषी ठहर गरिएका ती छ जनाले गरेको अपिलमाथि अदालती सुनुवाई भइरहेको थियो।

बुधबारको निर्णयसंगै बीस वर्ष देखिको आफ्ना कार्य अन्त्य गर्दै सो न्यायाधीकरणले आफ्ना फैसलाहरु टुंग्याएको जनाइएको छ। (एजेन्सी)


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI