इन्टरनेट स्लो भो ? आयो यस्तो एप्स अब मजाले चल्छ युट्युब भिडियोहरु

काठमाडौं, १२ मंसिर — इन्टरनेट स्लो हुँदा युट्युबका भिडियोहरू बफरिङ भएर हैरानै पार्छन् । तर गूगलले युट्युब गो नामक एप तयार पारेको छ ।

लो डाटा स्पीडमा पनि यसले मज्जाले काम गर्छ । इन्टरनेट स्लो भएका विकासोन्मुख देशहरूका लागि यो एप विकसित गरिएको हो ।

युट्युब गो मूल युट्युबको डाउन भर्जन हो । यसबाट प्रयोगकर्ताहरूले स्लो इन्टरनेटमा पनि भिडियो हेर्न सक्छन्, शेयर अनि डाउनलोड पनि गर्न सक्छन् । बीटा भर्जनमा रहेको यो एप अहिले सबैका लागि उपलब्ध रहेको छ ।

एन्ड्रोइड युजरहरूले प्लेस्टोरबाट यो एप डाउनलोड गर्न सक्छन् । तर स्टेबल बिल्ड भर्जन अझै आइसकेको छैन । अनरिलिज्ड भर्जन चाहिँ प्लेस्टोरमा आइसकेको छ ।

एप्पलको आईओएसमा चाहिँ यो एप आइसकेको छैन ।

युट्युब गोमार्फत प्रयोगकर्ताहरूले युट्युब भिडियो डाउनलोड गरेर सेभ गर्न सकिन्छ । प्रयोगकर्ताहरूले अफलाइन भिडियोहरूलाई ब्लुटूथ वा वाईफाई डाइरेक्टमार्फत आफ्ना साथीहरूसँग शेयर गर्न सक्छन् । युजरहरूले भिडियो डाउनलोड गर्नुअघि त्यसको एमबी समेत चेक गर्न सक्छन् ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI