तराईको कथा – राज्जा रानी

काठमाडौं / रास– नेपाली चलचित्रलाई किनेर अन्य भाषामा स्वरांकन गरी प्रदर्शन गर्ने क्रम बढेको छ । यसै क्रममा चलचित्र ‘राज्जारानी’लाई अब मैथिली भाषामा स्वरांकन गरेर पुस २१ बाट प्रदर्शनीमा ल्याइने भएको छ । सो मितिमा यो चलचित्र नेपाली र मैथिली गरी दुवै भाषामा रिलिज हुने यसको निर्माण पक्षले जनाएको छ ।

निर्माता रमेश एमके पौडेलका अनुसार मैथिली रिलिजका लागि निर्माण कम्पनी आर्यन फिल्मस र वितरक कम्पनी भोरबीच सम्झौता मैथिली भाषामा स्वरांकनपछि रिलिज गर्न सहमति भएको छ ।

भोर प्रमुख कार्यकारी अधिकृत राजकुमार महतो र निर्माता पौडेलबीच भएको सहमतिअनुसार भोरले मैथिलीसहित भारतको प्रदर्शन अधिकारसमेत लिने गरी २० लाख रुपैयाँमा सम्झौता गरेको छ ।

निर्माता पौडेलले स्थानीय बासिन्दासामु नेपाली सिनेमाको पहुँच वृद्धि गर्न यस्तो कदम लिइएको बताए । यसले देशभित्रै बजार सिर्जना गर्ने विश्वास लिएको पनि उनको कथन छ ।

केकी अधिकारी र नाजिर हुसेनको मुख्य भूमिका रहेको यो चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् । नेपालगन्ज आसपास छायांकन गरिएको यो चलचित्रको कथा तराई परिवेशमा केन्द्रित छ ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI