चैतमा तिमीसंग

काठमाडौं / रास– गत भदौको तेस्रो साताबाट प्रदर्शनीमा आउने भनिएको साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘तिमीसँग’ को प्रदर्शनी मिति चैतमा पुगेको छ ।

चलचित्र प्रदर्शनका लागि त्यसअघि समय नै नपाएपछि आफूले आगामी २३ चैतबाट देशव्यापी प्रदर्शन गर्न लागेको यसका निर्माता निर्देशक शिशिर राणाले राजधानीलाई बताए ।त्रिकोणात्मक कथामा तयार गरिएको यो

चलचित्रमा साम्राज्ञीसँगै आकाश श्रेष्ठ, नाजिर हुसेन लगायत कलाकार रहेको पनि राणाले जानकारी गराए । काठमाडौं, पोखरा, पुनहिल, घोरोपनी, देउराली, घान्दु्रक र अन्नपूर्ण बेस क्याम्पका रमाइला दृश्य यसमा रहेको पनि उनले बताए ।

यात्रा कथामा लक्षित आफ्नो सिनेमामा काठमाडौंदेखि अन्नपूर्ण बेस क्याम्पसम्म यात्रा गर्दा सुरु भएको दुई युवा र एक युवतीको प्रेम कथालाई समेटेको पनि निर्देशक राणाले बताए ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI