विवादास्पद हिन्दी चलचित्र ‘पद्मावाति’ले लियो ज्यान, लाश झुन्ड्याएर यस्तो चेतावनी लेखियो

एजेन्सी। बलिउड फिल्म पद्मावतीको विवादका कारण एक जनाको ज्यानै गएको छ । निर्देशक संजय लीला भंसालीको यो फिल्मको विरोध अत्यन्तै चरम सीमामा पुगिसकेको छ । यो फिल्म रिलिज भएमा यसमा मुख्य भूमिका निभाउने नायिका दिपिका पादुकोणको नाकै काटिदिने धम्की दिइएको छ । यस चलचित्र रिलिज हुनुपूर्व नै राजपुतहरुले उनीहरुको बारेमा सत्य तथ्य इतिहास तोडमोड गरेर फिल्म बनाएको भनी यसको बिरोध गर्दै आएका छन विरोध गर्नेहरुले अहिले आएर मान्छेको ज्यानै समेत लिन थालेका छन् ।

जयपुरको नाहरगढ किल्लामा एउटा लाश झुण्डिरहेको अवस्थामा पाइएको छ । यसको आसपासका ढुंगाहरुमा पद्मावतीको विरोधमा केही नाराहरु लेखिएका छन् । लाशको छेउमै भएको ढुंगामा लेखिएको छ ‘हम सिर्फ पुतले नहीँ लटकाते’ (हामी पुत्ला मात्रै झण्ड्याउँदैनौं) । त्यही ढुंगाको तल लेखिएको छ ‘पद्मावती’ । अहिलेसम्म यो लाश कसको हो भन्ने खुलेको छैन । प्रहरीले लाश निकालेर पोष्टमार्टमको लागि पठाएको छ । थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

बिरोधीहरुले रानी पद्मावतीलाई यस चलचित्रमा बदनाम गर्न खोजेको आरोप लगाएका छन् । पद्मावतीको रूपमा दीपिकालाई नाच-गान गरेको देखाएको भन्दै राजपूत समाज पनि आक्रोशीत भएको छ । विरोधका बीच भंसालीले चलचित्र पद्मावतीको बिमा गराएका छन् ।

भंसालीले चलचित्रको १६० करोडको बिमा गराएका छन् । सो बीमा अनुसार चलचित्र रिलीज भएपछि टिकट बिक्रीको क्रममा कुनै प्रकारको विरोध प्रदर्शन, झगडा वा तोडफोड भए सो नोक्सानीको भरपाई बीमा कम्पनीले गर्नेछ । चलचित्रको रिलीज नजिक विरोध अझ तिब्र हुने अनुमान गरिएको छ । सो अवस्थामा दर्शकले सिनेमाहलमा गएर चलचित्र हेर्न जोखिम उठाउने सम्भावना कम रहेको छ । सोको सीधा असर चलचित्रको कारोबारमा पर्नेछ ।

यो भन्दा पहिले पद्मावती’ को सेटमा केहि गाडि तोडफोड गरि आगो लगाइएको थियो । उक्त घटना कोल्हापुरको पन्हाला फोर्टको मसाई पठारमा भएको थियो ।

सो भन्दा पहिले राजस्थानको जयपुरमा चलचित्र ‘पद्मावती’ को सुटिङकै क्रममा निर्देश भंसाली माथि कुटपिट भएको थियो । जयपुरको नाहरगढ़ किल्लामा सुटिङको क्रममा राजपूत करणी सेनाका कार्यकर्ताले तोडफोड गरेर भंसालीलाई थप्पड लगाएका थिए । सुटिङ क्रममा भंसाली माथि कुटपिट भएपछि चलचित्रको सुटिङ रोकिएको थियो ।

सो सेटमा हमला गर्नले रानी पद्मावतीलाई चलचित्रमा गलत तरीकाले देखाइएको भन्ने आरोप लगाएका थिए । चलचित्रमा दीपिका पादुकोण रानी पद्मावती को भुमिकामा रहेकी छन् । त्यस्तै रणवीर सिंह अलाउद्दीन खिलजीको भूमिकामा रहेका छन् । चलचित्र डिसेम्बर १ मा रिलिज हुदैछ । यस चलचित्रले भारतमा दंगा भडकाउन सक्ने सम्भावना बढेको छ ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI