अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१८ घोषणा, चलचित्रको आवेदन खुल्यो

वासिङ्गटन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल—अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण २०१८ मे १८ देखि २० सम्म हुने जानकारी आयोजक संस्था ले जनाएको छ । वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुल्ला गरिसकेको पनि आयोजक ले जनाएकोछ |

चलचित्र महोत्सवसमा मूलतः नेपालका फिचर फिल्म (feature), वृत्तचित्र (documentary), छोटा चलचित्र (short-film), एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विश्वभरी बनेका चलचित्रहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । महोत्सवमा चलचित्र प्रदर्शन पछि चलचित्र बारे दर्शक र चलचित्र निर्माता/निर्देशक तथा कलाकारसंग बृहत छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । यसका अतिरिक्त चलचित्रका विभिन्न विधामा आधारित भएर विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुनेछन् ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ । यो महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरु, नेपाल लगायत विभिन्न देशका चलचित्र सम्बन्धी संघ संस्था र महोत्सवहरुसंगको सहकार्यमा आयोजना गरिनेछ । यस महोत्सवलाई नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृति (Film Culture ) सम्बन्धी साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्य राखिएको छ भन्दै महोत्सब लाई सफल बनाउन आयोजक ले सबै संग अनुरोध गरेको छ |

चलचित्रको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरिएको छ र फिल्म सोसाइटीको कार्यालय अमेरिकाको ठेगानामा सिधै आवेदन पठाउन पनि सकिने छ । नेपालका चलचित्रकमीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन् । आवेदन सम्बन्धिका विवरण तथा नियमहरु संस्थाको वेभसाइट www.nafilmsociety.org मा उपलब्ध छ । महोत्सव सम्बन्धी थप प्रगति विवरणहरु तथा जानकारीका लागि सोसाइटीको सामाजिक सञ्जालमा जोडिन सक्नु हुनेछ ।

चलचित्र महोत्सव वा आवेदनहरुबारे थप जानकारीहरु को लागि संपर्क ।
[email protected]
[email protected]


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI