किन गरिएन प्रकाश दाहालको काजक्रिया ? किन कोहीपनि किरिया बसेन ?

कठमाण्डौ, ५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका दिवंगत छोरा प्रकाशको परम्परागत तरिकाले किरिया गरिएको छैन । उनको मृत्यु भएको आज तीन दिन भएको छ । उनको परिवारमा किरियाको कार्यक्रम गरिएन ।
अध्यक्ष प्रचण्ड चितवनमा हुने कार्यक्रममा पनि सरीक हुन जांदैछन् ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नो निवास लाजिम्पाटमा प्रकाशलाई श्रद्धाञ्जली दिन र परिवारलाई सान्त्वना दिन आउनेहरुसंग सामान्य तरिकाले भेटघाट गरिरहेका छन् ।

आइतबार निधन भएका प्रकाशको अन्त्येष्टि भने हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा गरिउको थियो । अध्यक्ष प्रचण्ड आफैले आफ्ना छोरा प्रकाशको चितामा दागबत्ती दिएका थिए ।
उनको निवासमा समवेदना प्रकट गर्न जानेहरुसंगको भेटमा समेत उनका परिवार सामान्य अवस्थामा भेटिएको देख्न सकिन्छ । हिन्दु धार्मिक परम्परा अनुसार घरको सदस्य मर्दा सेतो लुगा लगाएर १३ दिन सम्म किरिया बस्ने चलन छ । तर दाहाल निवासमा त्यस्तो कुनै कार्यक्रम भएको छैन । तर दाहाल परिवारमा खाना भने सादा खाइरहेको बताइएको छ ।

लाजिम्पाट निवासको ढोका अगाडी दिवंगत प्रकाशको तस्बिर र शोक पुस्तिका राखिएको छ । श्रद्धाञ्जली दिन जानेहरुले प्रकाशको सोही तस्बिरमा श्रद्धाञ्जली अपर्ण गर्छन् ।
परिवारका अन्य सदस्यहरु पनि अब आ आफ्नो काममा ब्यस्त हुन थालेका छन् । प्रकाशका दुई पत्नी सिर्जना र विना तथा दिदी उनको मृत्युको खबरसंगै काठमाण्डौ आएका थिए ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI