किन दिपकराज गिरीलाई छोडेर दिपाश्री निरौला बनिन हरिवंश आचार्यकी श्रीमती ?

यर्थाथ जीवनमा अझैसम्म अविवाहित निर्देशक, निर्मात्री तथा हाँस्य कलाकार दीपाश्री निरौलाले पर्दामा भने कलाकार दीपकराज गिरीको श्रीमतीको भूमिका धेरैपटक निर्वाह गरिसकेकी छिन् ।

पछिल्लो समय फिल्म निर्माण र निर्देशनमा सक्रिय दीपा नयाँ फिल्म ‘शत्रुगते’मा भने हाँस्य कलाकार हरिवंश आचार्यको श्रीमती बनेकी छिन् ।

हाल छायांकन भइहेको फिल्म ‘शत्रुगते’मा हरिवंश र दीपा श्रीमान-श्रीमतीको भूमिकामा देखिँदैछन् । हालै मात्र फिल्मको सुटिङ सेटबाट एकतस्बिर बाहिरिएको छ, जसमा दीपाले हरिवंशलाई पिरतीको छाता ओढाएकी छिन् अनि हरिवंश ट्याक्टर चलाइरहेका छन् ।

प्रदीप भट्टराईले निर्देशन गरेको यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, पल शाह ,आँचल शर्मा लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI