प्रचण्डले छोरालाई दागबत्ती दिएर रुदै कार्यकर्तालाई हात हल्लाएको हृदयविदारक दृश्य VIDEO

प्रचण्ड पुत्र प्रकाशको आइतबार विहान आकस्मिक हृदयघातका कारण निधन भएको हो। आइतबार विहान ५ बजेर ५० मिनेटमा नर्भिक अस्पताल पुर्यानइएका प्रकाशलाई अस्पतालले ६ बजेतिरै मृत घोषणा गरेको थियो। प्रकाशको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको हो । अस्पिटलका अनुसार प्रकाशलाई आइतबार बिहान ५:५० मा अस्पतालको इमर्जेन्सीमा ल्याइएको थियो । उनको शरीरमा जीवनको कुनै संकेत थिएन । शरीर चिसो थियो । आँखाको नानी खुलीसकेको थियो । चिकित्सकले उनलाई ५:५९ मिनेटमा मृत घोषणा गरेका थिए ।

अस्पताल परिसरमा दाहाल परिवारजनको रुवावासी नै चलेको थियो। मृत घोषणा गरिएपनि बाबु प्रचण्ड झापाबाट नर्भिक अस्तापाल पुगेपछि मात्रै प्रकाशको शव अस्पतालबाट पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा लागिएको थियो।

श्रद्धाञ्जलीका लागि राखिएको छोरा प्रकाशको पार्थिव शरीर देखेर बाबु प्रचण्डले त्यहाँ पनि आँशु थाम्न सकेका थिएनन्। दिवंगत प्रकाश दाहालका दुई श्रीमती र २ वटा छोरा छन्। पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको अन्तेष्टि भएको छ । प्रचण्डले छोरा प्रकाशको अन्त्यष्टीमा दागवत्ती दिएका थिए । माला लगाएर श्रद्धान्जली दिएपछि उनले दागवत्ति दिएका हुन् । उनले सम्हालिदै आर्यघाटमा भेला भएका सर्वसाधारणई हात उठाएर सान्तवना मागेका थिए । दागवत्ती दिएपछी रुदै कार्यकर्ताहरुलाई हात हल्लाएको उनको यो दृश्य निकै भावुक र मर्मस्पर्शी थियो

हेरौं भिडियोमा :


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI