बुद्ध लामाको फेसबुक ह्याक, LIVE VIDEO

काठमाडौं। पहिलो नेपाल आइडल बुद्ध लामाको फेसबुक पेज ह्याक भएको छ । उनले आफ्नो अर्को फेसबुक एकाउण्टबाट भिडियो लाइभ गरी यसको जानकारी दिएका हुन् । उनले सुरुमा पेज ह्याक भएकोबारे आफूलाई जानकारी नभएकोमा पछि अरु कसैले फोन गरेर यसबारे जानकारी दिएको बताएका छन् ।

उनको पेज कसले ह्याक गरेको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । बुद्धले आफूले भिडियो लाइभ गरेर जानकारी दिएको फेसबुक पेज समेत ह्याक भएको बताएका छन् । आफ्नो पेज ह्याक भएपछि धेरैलाई असुविधा भएकोप्रति बुद्धले आफू दुःखी भएको प्रतिक्रिया दिएका छन् । तलको भिडियोमा हेर्नुहोस् आफ्नो पेज ह्याक भएकोबारे फेसबुकमा लाइभ आएर के भने बुद्धले ?


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI