त्रिपुरेश्वरमा भएको आगलागीमा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको व्यस्त क्षेत्र मध्ये एक रहेको त्रिपुरेश्वरको एक मोटरसाइकल ग्यारेजमा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ ।

बिहिबार साँझ मायाराम भोलाराम जयन्ती पेट्रोल पम्प नजिकै रहेको उक्त ग्यारेजमा आगलागी भएको थियो ।

घटनामा एक जना पुरुषको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रविन्द्र धानुकले पुष्टि गरे ।

मृत्यु हुनेमा मुलायम मिया रहेका छन् ।

अहिले दमकल पुगेर आगलागी नियन्त्रणमा लिइसकेको पनि धानुकले बताए ।

के कारणले आगलागी भएको हो भन्ने अझै यकिन नभएको प्रहरीले जानकारी दिएको छ ।


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI