वेलायती राजकुमार चार्ल्स भारत आइपुगे

नयाँदिल्ली : बेलायतका राजकुमार चाल्र्स पत्नी क्यामिला पार्कर बाउल्ससहित बुधबार भारत भ्रमणमा आइपुगेका छन्। दुईदिने भ्रमणमा बेलायती राजकुमार दम्पत्रि राजधानी नयाँ दिल्ली आइपुगेको भारतीय सरकारी अधिकारीले जानकारी दिएका छन्। बेलायती राजकुमार दम्पतीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

भेटवार्तामा राजकुमार र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउन छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ। सिंगापुर, ब्रुनाई, मलेसिया र भारतसमेत एसियाका चार देशको भ्रमण गर्ने क्रममा राजकुमार चाल्र्स दम्पती भारत आइपुगेका हुन्।

बेलायतमा धेरै लगानी गर्ने देशहरूमध्ये भारत तेस्रो स्थानमा पर्छ भने बेलायतका लागि धेरै वैदेशिक रोजगारी सिर्जना गरिदिने देशहरूमध्ये भारत दोस्रो स्थानमा पर्छ।


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI