२७ बर्षीय युवकको हात, टाउको काटेर विभत्स रुपमा हत्या

रुकुम : पूर्वी रुकुमको सिस्ने गाउँपालिका– ५ कुचिवाङ घट्टेखोलामा एक युवकको शव फेला परेको छ।

भूमे गाउँपालिका–८ का २७ वर्षीय कमल बुढा मगर मृत अवस्थामा फेला परेका हुन्। सदरमुकाम रुकुमकोटमा कामका लागि आएका बुढा राति अबेसम्म पनि घर नफर्केपछि परिवारले खोजतलास गर्दा बिहीबार बिहान घट्टखोला किनारमा शव फेला पारेको हो। घाँटी, टाउको र दुवै हात काटेर क्षतविक्षत भएको अवस्थामा बुढाको शव फेला परेको हुँदा कसैले हत्या गरेर फालेको हुनसक्ने स्थानीयको आशंका छ।

आफन्तले दिएको सूचनाका आधारमा घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। बुढाका श्रीमती, एक छोरा र एक छोरी छन्।


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI