भक्तपुरमा आफ्नै घरको चौथो तलामा झुण्डिएर आत्महत्या

भक्तपुर, रासस । भक्तपुर नगरपालिका–१० नपली सिर्जनानगरमा एक पुरुषको शव भेटिएको छ ।

नयाँ बन्दैै गरेको आफ्नै चारतले घरको चौथो तलामा झुण्डिएको अवस्थामा ४७ वर्षीय राजकुमार जोशीको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिए ।

घटनाबारे अनुसन्धान शुरु गरी शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको उनले बताए ।


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI